News of Nation

बेलायतबाटै गायीका पारुले ल्याइन ‘तिम्रो तृष्णा……’

एक दशकपछि दर्शक–स्रोताहरुबीचमा सांगीतिक कोशेली लिएर आइपुगिनः गायीका पारु राई

दमक, २१ वैशाख–पाँचथरको च्याङथापुमा जन्मिएकी गायीका पारु राई एक दशकदेखी बेलायतमा पल्टने जीवन बिताइरहेकी छन् । सानै उमेरदेखी अध्ययनसँगै गीतसंगीतमा रेडियो कार्यक्रम प्रस्तुती गर्न रुची राख्ने गायीका पारुले बेलायतमा संगीतकर्मप्रति निरन्तर साधाना गर्दै आइरहेकी छन् ।

हालः उनै गायीका पारुले एक दशक भन्दा लामो समयपछि नेपाली दर्शक तथा स्रोताहरुबीचमा सांगीतिक कोशेली ल्याएर आइपुगेकी छन् ।

‘तिम्रो तृष्णा……’ नामक गीतलाई बरिष्ठ संगीतकार ताराप्रकाश लिम्बूको संगीत संयोजन गरेका छन् । गायीका पारुको आफ्नै शब्द रचना रहेको गीतलाई ‘दभ्वाईस अफ नेपाल सिजन टु’का उपबिजेता विकास लिम्बूले पारुलाई स्वरबद्ध गर्न साथ दिएका छन् ।

यसअघि, पारुले ‘प्यास’ एल्बम् बजारमा ल्याइसकेकी छन् । सुनसरीको इटहरीमा अध्ययनरत हुदै गायीका पारुले प्यास एल्बम ल्याइसकेकी हुन् । झण्डै १२ वर्षपछि, पारुले दर्शक-स्रोताबीचमा सांगीतिक कोशेली ल्याएकी छन् । उक्त एल्बमबाट दुईवटा गीतलाई म्युजिक भिडियो बनाइसकेकी छन् ।

उनले नेपालमै संगीत सम्बन्धीका विभिन्न चरणका कक्षाहरु अध्ययन पुरा गरिसकेकी छन् । गीतसंगीतसँगै नृत्य वा मोडलिङमा समेत रुची राख्ने गायीका पारुले आफ्नो पहिलो एल्बम ‘प्यास’को एउटा गीतमा अभिनय गरिसकेकी छन् ।

हालैः बजारमा ल्याएकी गीतको छायाँकन बेलायत (युके) र नेपालको बिभिन्न सुन्दर र रमणीयस्थलहरुमा गरिएको छ । गायीका पारु भन्छिन्ः गीतको छायाँकनलाई नेपाल र युकेमा गरिएको छ । पारुले नयाँ गीतलाई दर्शक तथा स्रोताहरुको मन जीत्ने बताइन् ।

गीतको छायांकन बेलायत (युके) तर्फ कुशल श्रेष्ठ र नेपालतर्फ सुरज तामाङले निर्देशन गर्नु भएको छ । गीतमा मण्डल थेबे, बृक्षा लिम्बूसहित गायीका पारु र गायक विकासको फिचरिङ छ ।

मण्डल करिब डेड दशक यता ब्रिटिश गोर्खा सेनामा सेवारत साथै सामाजिक अभियान्ता हुन् ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.