News of Nation

कोरोना संक्रमितलाई निःशुल्क अक्सिजन उपलब्ध गराउँदै ‘हाम्रो टिम नेपाल’

‘देशलाई अप्ठ्यारो पर्दा अघि नआए कहिले आउने ?’

काठमाडौं, २२ वैशाख–’हेलो, हजुर अहिले हामी भक्तपुर अस्पतालमा अक्सिजन अभाव भएर २३ वटा सिलिन्डर दिएर फर्किँदै छौँ,” मंगलबार दिउँसो १ः५० बजे फोन गर्दा विमल पन्त भन्दै थिए ।

हाम्रो टिम नेपालका अध्यक्ष पन्तसहित टिमका सदस्य अहिले यस कार्यमा खटिएका छन् । कतिखेर कुन अस्पताल वा व्यक्तिबाट फोन आउँछ भनेर उनीहरु कुरेर बस्छन् । फोन आउनासाथ संक्रमितको ज्यान बचाउन अक्सिजनको सिलिन्डर बोकेर दौडिहाल्छन् ।

कोरोनाको दोस्रो लहर सुरु भएसँगै अक्सिजनको अभावमा संक्रमितले ज्यान गुमाइरहेको घटना सार्वजनिक भइरहेको छ । यस्तो जटिल स्थितिमा हाम्रो टिमले तीन दिनयता निःशुल्क अक्सिजन वितरण गरिरहेको छ ।

अस्पताल र व्यक्तिगत गरी उनीहरुले सात ठाउँमा अक्सिजन पुर्‍याइसकेका छन् । “हामीले सबैभन्दा धेरै भक्तपुर अस्पतालमा उपलब्ध गराइरहेका छौँ । यसका साथै अस्पतालमा सिट छैन भनेर घर फर्काइएका कोरोना संक्रमितलाई घर–घरमै पनि अक्सिजन उपलब्ध गराइरहेका छौँ,” अध्यक्ष पन्तले भने ।

अशक्त, असहाय र विपन्न वर्गका कोरोना संक्रमितले अक्सिजन अभावकै कारण ज्यान गुमाउन नपरोस् भन्ने उनीहरु चाहन्छन् । अस्पतालमा अक्सिजन उपलब्ध गराउने समयमा नै उनीहरुले प्रस्टसँग यो कुरा उल्लेख गरेर अक्सिजन दिने गर्छन् ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.