News of Nation

लिभरपुलसँग युनाईटेडको लजास्पद हार, सलाहको ह्याट्रिक

काठमाडौं, ८ कार्तिक–इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर युनाईटेडमाथि सानदार जित निकालेको छ।

आइतबार राति भएको खेलमा लिभरपुलले १० खेलाडीमा समेटिएको युनाईटेडमाथि ५-० गोल अन्तरको जित निकालेको हो। युनाईटेडको घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन मोहम्मद सलाहले ह्याट्रिक गरे।​ नेबी केइटा र डिएगो जोटाले एक एक गोल गरे।

खेलको पाँचौं मिनेटमा केइटाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। १३ औं मिनेटमा जोटाले गोल गर्दा लिभरपुलको अग्रता २-० को बन्यो। खेलको ३८ औं मिनेटमा सलाहले गोल गर्दै टिमको अग्रता ३-०को बनाए । पहिलो हाफको इन्जुरी समयमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ५० औं मिनेटमा सलाहले ह्याट्रिक पूरा गरेपछि लिभरपुल ५-० ले विजयी भयो।

यस्तै खेलको ६० औं मिनेटमा पाउल पोग्बाले रातो कार्ड पाएपछि युनाईटेड १० खेलाडीमा समेटिएको थियो।​ ​केइटामाथि डरलाग्दो फउल गरेपछि पोग्बाले रातो कार्ड पाएका हुन्। चोट बोकेपछि केइटाको स्थानमा एलेक्स चेम्बरलिन मैदान प्रवेश गरेका थिए। जितसँगै लिभरपुल लिगको दोस्रो स्थानमा उक्लिएको छ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.