News of Nation

शिवसताक्षीमा दशै-तिहारको शुभकामना आदान-प्रदान हुने

झिलझिले, १३ असोज–नेकपा (एकीकृत समाजबादी) शिवसताक्षी नगर कमिटीले असोज १५ गते शनिबार दशै-तिहारको अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रम हुने भएको छ ।

एकीकृत समाजबादी शिबसताक्षी नगर कमिटीको मंगलबार सम्पन्न बिस्तारित बैठकले शनिबार दुधेस्थित आदिबासी जनजाती भवनमा उक्त कार्यक्रम गर्ने निर्णय गरको हो । बैठकमा नगर कमिटीका पदाधिकारी, नगरको ११ वटै वडा कमिटीका पदाधिकारीहरुको सहभागिता रहेको नगर कमिटीका अध्यक्ष नबिन इजमले जनाकारी दिए ।

नगर कमिटीका अध्यक्ष इजमका अनुसार नेपालीहरुको महान चाडको अवसर पारेर नगरबासी, पाटीका कार्यकर्ता तथा शुभचिन्तकहरु समक्ष शुभकामना आदान प्रदान गर्दै भाइचाराई मझबुद बनाउनको लागी पनि यस कार्यक्रमको आयोजना गरिएको हो ।

नगर स्तरिय हुने कार्यक्रममा पाटीका केन्द्रिय नेता आउने जानाइएको छ । प्रदेश र प्रतिनिधि सभाको निर्बाचन नजिकिएकोले आफ्ना मतदाता तथा शुभचिन्तकहरुलाई अनिबार्य सहभागिता हुन आग्रह समेत गरेको छ ।

नगर कमिटीले कार्यक्रमलाई सब्य र भब्य रुपमासफल बनाउनको लागी बिभिन्न उपसमितिहरु गठन गरि जिम्मेवार बाँडफाड गरि सकेको नगर सचिब शान्तिराम न्यौपानेले बताएका छन ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.