News of Nation

कावेली कृषि सहकारी संस्थाको ११औं बार्षिक साधारण सभाबाट भीम दाहालको अध्यक्षतामा समिति गठन

दमक, १३ असोज–झापाको दमक–३ मा स्थापना भएको कावेली साना किसान कृषि सहकारी संस्थाको ११औं बार्षिक चुनावी साधारण सभाबाट भीम प्रसाद दाहालको अध्यक्षतामा ११ सदस्यीय समिति निर्वाचित गरेको छ । अध्यक्षमा निर्वाचित दाहाल दमकको ढुकुरपानी माध्यमिक विद्यालयका शिक्षक हुनुहुन्छ ।

८ असोज (शनिबार) सम्पन्न संस्थाको ११औं बार्षिक चुनावी साधारण सभाले आगामी कार्याकालको लागि सर्वसम्मत नयाँ नेतृत्व निर्वाचित गरेको हो । सो समितिको उपाध्यक्षमा नरहरि दाहाल, सचिवमा चन्द्रबहादुर निरौला निर्वाचित हुनुभएको छ ।

त्यसैगरी, समितिको सदस्यहरुमा नेत्र प्रसाद अधिकारी, डिल्लीराम पोख्रेल, रुद्र बहादुर अधिकारी, धन बहादुर बस्नेत, तन कुमारि दहाल, दुर्गा अधिकारी, तारा गौतम र भिमा थापा कामति निर्वाचित हुनुभएको हो । सोही बार्षिक चुनावी साधारण सभाबाट इश्वरी प्रसाद दाहालको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति समेत चयन हुनुभएको छ ।

नयाँ निर्वाचित पदाधिकारी र सदस्यहरुले हिजो (बुधबार) एक समारोहकाबीच पद बहाली गर्नुभएको छ । सो सहकारी संस्थाका निवर्तमान अध्यक्ष रुद्रप्रसाद मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा ११औं बार्षिक साधारण सभाबाट निर्वाचित पदाधिकारी र सदस्यहरुले पदबहाली गर्नुभएको हो ।

समारोहमा निवर्तमान अध्यक्ष मिश्रले वर्तमान अध्यक्ष दाहाललाई कावेली साना कृषि सहकारी संस्थाको बैठक पुस्तिका लगायत कार्यालयको ताला चावी हस्तान्त्रण गर्नुभएको थियो ।

२०६८ साल माघ २४ गते दमक–३ मा स्थापना भएको कावेली साना किसान कृषि सहकारी संस्थामा ६ सय ७० जना शेयर सदस्यहरु आबद्ध छन् ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.