News of Nation

चुनावी छलफल गर्न बालकोटमा एमाले सचिवालय बैठक

काठमाडौं, १३ असोज–नेकपा (एमाले) ले सचिवालय बैठकमा चुनावको रणनीति र टिकट वितरणबारे छलफल गर्ने भएको छ।

अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा अहिले केहीबेरमा सचिवालयको बैठक बस्न लागेको छ।

निर्वाचन आयोगमा बुझाएको बन्दसूची, प्रत्यक्षतर्फको टिकट वितरण लगायतका विषय छलफलको एजेन्डा रहेको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए।

सत्तारूढ गठबन्धनले तालमेल गरेरै चुनाव लड्ने भएपछि एमाले पनि अरू साना दलसँग विभिन्न स्थानमा तालमेल गर्ने पक्षमा छ। राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीसहित अन्य समूहसँग स्थानीय स्तरमा तालमेल गर्ने गरी छलफल भइरहेका छन्।

Facebook Comments

Leave A Reply

Your email address will not be published.