News of Nation

दमकका सन्देश राईले राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिस्पधा गर्दै

दमक, २८ असोज–९ औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तरगत शारीरिक सुगठनतर्फ ६० केजी तौल समूहमा सहभागी दमकका खेलाडी सन्देश राईले शनिबार प्रतिस्पधा गर्ने भएका छन् ।

गण्डकी प्रदेशको पोखरामा हुने राष्ट्रिय स्पर्धामा राईले २९ गते शनिबार प्रतिस्पर्धा गर्न लागेका हुन् । शारीरिक सुगठनतर्फका सबै खेल शनिबारदेखि सोमबारसम्म सञ्चालन हुने बताइएको छ ।

६० केजी तौल समूहबाट शारीरिक सुगठनतर्फ प्रदेश नम्बर १ को प्रतिनिधित्व गर्दै प्रतियोगितामा भाग लिएका दमक ७ निवासी राईलाई बिस्ट फ्याक्ट्री फिटनेसले सहयोग गरेको छ ।

राष्ट्रिय खेलकुदमा सहभागी भएर आफूले सक्दो राम्रो खेल्ने प्रयास गरिरहेको राईले बताए । उनले भने–‘प्रदेश नम्बर १ बाट प्रतिनिधित्व गरेको छु । मेरो कोसिस राम्रो खेलेर प्रदेशलाई पदक दिलाउनु हुने छ ।

९ औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गरिएका ३६ खेल मध्ये शारीरिक सुगठनसमेत रहेको छ । प्रतियोगिताको एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि शनिबार उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.