News of Nation

आर्सनललाई पाँच अंकको अग्रता

एजेन्सी, २७ कार्तिक–इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले आफ्नो अग्रता फराकिलो पारेको छ।

शनिबारको खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटी पराजित हुँदा आर्सनलले भने आफ्नो खेलमा जित निकाल्दै अग्रता फराकिलो बनायो।​

शनिकार भएको खेलमा आर्सनलले वल्भेसलाई २-० ले पराजित गर्दै शीर्ष स्थानमा ५ अंकको अंक दुरी बनायो। आर्सनलको जितमा दुबै गोल मार्टिन ओडेगार्डसको नाममा रह्यो।

आर्सनलको १४ खेलबाट ३७ अंक भएको छ। शनिबारकै पहिलो खेलमा म्यानचेस्टर सिटी भने ब्रेन्टफर्टसँग २-१ ले पराजित भएको थियो।​

Facebook Comments

Leave A Reply

Your email address will not be published.