News of Nation

पाँचथरमा एकीकृत समाजवादीका कमल जबेगु प्रदेश सभा सदस्यमा विजयी

पाँचथर (फिदिम), ८ मंसिर–पाँचथर जिल्ला प्रदेश सभा १ निर्वाचन क्षेत्र १ बाट नेकपा (एकीकृत समाजबादी) का नेता कमलप्रसाद जबेगु विजयी हुनुभएको छ ।

जबेगुले १६ हजार ८ सय ३७ मत ल्याएर नेकपा (एमाले) का राजकुमार भण्डारीलाई पराजित गर्नुभएको हो ।

जबेगुका निकटतम प्रतिद्वन्द्वी भण्डारीले १६ हजार २ सय ४ मत ल्याए । जबेगुले भण्डारीलाई ६ सय ३३ मतले पराजित गर्नुभएको हो ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.