News of Nation

पर्वतका ५ जना चिकित्सकमा कोरोना स‌ंक्रमण पुष्टि

अस्पताल अनिश्चितकालका लागि बन्द

पर्वत, ५ असार–पर्वत अस्पतालमा कार्यरत ५ जना चिकित्सहरुमा कोरोना सङ्क्रमण रहेको पुष्टि भएको छ। अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा शिशिर देवकोटाकाअनुसार राष्ट्रिय प्रयोगशाला टेकु काठमाडौंमा चिकित्सकहरूको स्वाब परीक्षणको लागि पठाइएकोमा ५ जनामा सङ्क्रमणको पुष्टि भएको हो। उनीहरू पर्वत कोरोना अस्पताल अस्थायीमा आफ्नो पालोअनुसार सङ्क्रमितहरूको उपचारमा संलग्न रहँदै आएका थिए।

सदरमुकाममै रहेको गुप्तेश्वर बहूमुखी क्याम्पसको भवनमा राखिएको अस्पतालको तल्लो तलामा सङ्क्रमितहरूलाई राख्ने गरिएको छ भने माथिल्लो तलामा उनीहरूको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरू रहँदै आएका छन्। सङ्क्रमितहरूको उपचारमा संलग्न स्वास्थ्यकर्मीले भौतिक दुरी कायम गरी पिपिई सेट लगाएर जाने गरेको भए पनि अस्थायी अस्पतालबाट सरेको हो वा अन्य माध्यमबाट हो भन्नेबारे नखुलेको डा देवकोटाको भनाइ छ।

स्वास्थ्यकर्मी र परिवारका लागि छुट्टै क्वारेनटाइन माग चिकित्सकहरूमा नै कोरोना सङ्क्रमणको पुष्टि भएपछि पर्वत अस्पताल र स्वास्थ्य कार्यालयमा कार्यरत कर्मचारीहरूले आपूmहरुको स्वाब तुरुन्तै लिएर जति सक्दो छिटो त्यसको रिपोर्ट निकाल्नुपर्ने र आपूmहरुलाई छुट्टै क्वारेनटाइनमा राखिनुपर्ने बताएका छन्। सङ्क्रमितहरूको उपचारमा संलग्न स्वास्थ्यकर्मीसँग स्वास्थ्य कार्यालय र अस्पतालका अन्य कर्मचारीको भेटघाट भएका कारण उनीहरू पनि उच्च जोखिममा रहेकाले तुरुन्तै क्वारेनटाइनको व्यवस्थापन गरेर स्वाब लिनुपर्ने देखिएको कोरोना क्राईसिस म्यानेजमेन्ट सेन्टर सिसिएमसी पर्वतका प्रवक्ता प्रवीण भण्डारीले बताए। ‘एउटै संस्थामा काम गर्ने भएपछि हामीहरू सबै जना कुनै न कुनै तरिकाले स्वास्थ्यकर्मीसँग जोडिनपर्छ। उहाँहरूमा पुष्टी भएपछि अब सबै कर्मचारीको स्वाब लिनुपर्छ।’ उनले भने, ‘अस्पताल र कार्यालयका कर्मचारीहरू घरमा आउजाउ गरिरहनुभएको छ। हामीहरू पत्रकारहरूसँग भेट भएका छौँ।

पत्रकारको माध्यमबाट पनि समुदायमा जान सक्छ।’ यही कारण नै स्वास्थ्यकर्मी र कर्मचारीहरू सहित उनीहरूको परिवार र पत्रकारहरूको पनि स्वाब सङ्कलन गरी तुरुन्त नतिजा थाहा हुनुपर्ने भण्डारीको भनाई छ। सङ्क्रमित चिकित्सकहरूलाई कसरी र कहाँ राख्ने तथा उनीहरूको उपचार कसरी गराउने भन्ने विषयमा प्रदेशको सामाजिक विकास मन्त्रालय र स्वास्थ्य निर्देशनालयसँग कुराकानी हुँदै गरेको अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीले बताए। भारतबाट उद्धार गरेर सदरमुकाम कुस्माका पुलिङ क्वारेनटाइनमा ल्याई राखिएकाहरूको स्वाब परीक्षणको कामलाई रोकेर भए पनि पहिले अस्पतालका कर्मचारीहरूको रिपोर्ट निकाल्नुपर्ने अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडी बताउँछन्।

‘भारतबाट आएर क्वारेनटाइनमा बसेकाहरू त बाहिर निस्कन पाएका छैनन्, जहाँ छन् सुरक्षित तरिकाले बसिरहेका छन्। १÷२ दिन ढिला गरी रिपोर्ट आउँदैमा फरक पर्दैन।’ उनले भने, ‘तर स्वास्थ्यकर्मीहरू बिरामीहरू जाँचेका छन्, स्वास्थ्यका कर्मचारीहरू गाउँमा आउजाउ गरेका छन्। समुदायलाई जोगाउन आजैका आजै रिपोर्ट निकाल्नुपर्छ।’

Facebook Comments

Leave A Reply

Your email address will not be published.