News of Nation

नेपालमा कोरोना तथ्यांकः ८ हजार २७४ संक्रमित

काठमाडौं, ५ असार–नेपालमा गएको चौबीस घण्टायता (शुक्रबार) ४२६ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ४२६ नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या आठ हजार २७४ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार विराटनगरमा भएको परीक्षणमा तीन, जनकपुरमा भएको परीक्षणमा १५ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा टेकुमा २४१ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

यस्तै, हेटौंडामा भएको परीक्षणमा ६, शिक्षण अस्पतालमा भएको परीक्षणमा पाँच, पोखरामा भएको परीक्षणमा एकजना र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला कास्कीमा भएको परीक्षणमा १७ जनामा पोजेटिभ देखिएको छ । प्रादेशिक क्षयरोग केन्द्र पोखरामा भएको परीक्षण्मा सात, रूपन्देहीमा भएको परीक्षणमा १०७ जना र सेती अस्पतालमा भएको परीक्षणमा २४ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

पछिल्लो चौबीस घण्टामा चार हजार २३१ गरी आजसम्म पीसीआर विधिबाट एक लाख ६१ हजार ७ सय ४९ जनाको परीक्षण भएको प्रवक्ता डा.गौतमले बताए । यस्तै, आरडीटी विधिबाट पछिल्लो चौबीस घण्टामा चार हजार ३९९ गरी आजसम्म दुई लाख ४७ हजार ८ सय ७४ जनाको परीक्षण भएको छ ।

शुक्रबार देशभरीका विभिन्न स्थानमा निर्माण भएका क्वारेन्टिनमा एक लाख नौ हजार ४ सय ६१ जना छन् । ६ हजार ८५० जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत छन् । शुक्रबार २१६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.