News of Nation

कोरोना निको भई प्रदेश १ बाट थप १० जना डिस्चार्ज

विराटनगर, ५ असार–प्रदेश १ बाट कोरोना रोग ठिक भएका थप १० जना शुक्रबार डिस्चार्ज भएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत १० जना आज डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा खोटाङका ३, सुनसरीका ३, उदयपुरका २ र मोरङका २ जना रहेका छन् ।

डिस्चार्ज हुनेमा ४ महिला र ६ पुरुष २१ देखि ४० वर्ष उमेर समूहका रहेका छन् । उनीहरू जेठ २१ देखि २५ गतेसम्म अस्पतालमा भर्ना भएका थिए । कोसी अस्पताल कोभिड उपचार केन्द्र व्यवस्थापन समितिका सदस्य ध्रुव उरावले भने, “अब प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या २३४ पुगेको छ ।” प्रदेश १ मा संक्रमितको संख्या ४२२ रहेको छ ।

झापाको दमक र मोरङको बुढीगंगामा शुक्रबार एक–एक जना संक्रमित थपिएका छन् । विराटनगर, सुन्दरहरैचा र धरानमा अहिले १८८ जना उपचाररत छन् । कोसी कोभिड विराटनगरमा २५ जना, पूर्वाञ्चल विश्वविद्यालय आइसोलेसन सेन्टर सुन्दरहरैचामा ८५ जना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ७८ जना छन् ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.