News of Nation

झिलझिलेको किसान कृषि सहकारी संस्था माछा पालन गर्दै

झिलझिले, ६ असार–झापाको शिबसताक्षी–११ झिलझिलेस्थित किसान कृषि सहकारी संस्थाले यस वर्ष माछा पालनतर्फ जोड दिएको छ । यसअघि, तरकारी तथा फलफुल खेती गरेको संस्थाले आर्थिक वर्ष २०७७।०७८ अन्तर्गत व्यवसायिक माछा पालनतर्फ विशेष कार्यक्रमलाई जोड दिएको हो ।

किसान कृषि सहकारी संस्थाले शिबसताक्षी–६ निमपत्रियास्थित ७ कठ्ठा जमिनमा अवस्थित पोखरीमा माछाको भुरा लगाइएको अध्यक्ष सनम इजमले बताए । इजमका अनुसार यहाँको मौसम र तापक्रमसँग मिल्ने उन्नत जातका ६० केजी माछाका भुराहरु पोखरीमा छाडिसकेको छ । यी माछाका भुराहरु ५ देखी ६ महिनाभित्रमा बजारमा विक्रिका लागि ल्याइने इमजले बताए । उनले नेपाली बजारमा माछाको माग बढ्दो अवस्थामा रहेको र त्त्यहि मागलाई पुर्तिगर्न माछा पालन गरिएको बताए ।

यो वर्ष हामी परिक्षणकालमा छौ, अध्यक्ष इजमले भने–’नेपाली बजारमा माछाको माग बढ्दै गइरहेको र माछा पालनको निम्ति धेरै समस्याहरु छैन ।’ उनले यस वर्ष माछा उत्पादन राम्रै भए अर्को वर्ष थप माछा पोखरीमा माछा लगाइने बताए ।

संस्थका सचिव मोहन राईका अनुसार अनुसार कषि क्षेत्रतर्फ काम गर्ने उदेश्यले संस्था मार्फत शेयर सदस्यहरुलाई प्रोत्साहन मुलक कार्यक्रम सञ्चालन गरिरहेका छौं । उनले संस्था मार्फत कृषि क्षेत्रतर्फ उत्पादनमुखी कार्यक्रम र अर्गानिक उपजमा किसानलाई समेट्न प्रयासहरु भइरहेको बताए ।

उनले संस्थाको वित्तिय कारोबार सेवा सञ्चालन र कषि कार्यक्रमतर्फ संस्थाको नीतिगत गुरु योजनासहित कार्यक्रमहरु सञ्चालन गरिदै आइरहेको बताए । गत वर्ष बेमौसी र मौसमी तरकारी खेती गरिनएको छ, सचिव राईले भने–’माछा व्यवसायका निम्ति यस वर्ष संस्थाको परिक्षण हो ।’

२०७१ सालमा स्थापना भएको किसना कृषि सहकारी संस्थाको मुख्य कार्यालय झिलझिलेमा अवस्थित छ । संस्थामा शिबसताक्षी नगरपालिकाको झिलझिले, धरमपुर, शिबगञ्ज, डुडामारी, दुधे, माइधारसहितका ४० जना युवाहरु आवद्ध छन् ।

स्थापना भएको छोटो समयमा नै सहकारी संस्थाले शिबसताक्षी नगरमा गतिलो परिचय दिन सफल भएको छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.