News of Nation

नेकपा नगर कमिटिद्धारा शिबसताक्षी नगरपालिकाको नीति तथा कार्यक्रमलाई सुझाव/निर्देशन

झिलझिले, ७ असार–शिबसताक्षी नगरपालिकाले आर्थिक वर्ष २०७७।०७८ को नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ । नगरको समग्र विकास र परिवर्तनका निम्ति ल्याउने नीति तथा कार्यक्रमलाई जिम्मेवार र प्रभावकारीतासहित प्रस्तुत हुन नगर प्रमुखलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शिबसताक्षी नगर कमिटिले निर्देशन दिएको छ ।

पार्टी नगरको बैठकले नगर प्रमुख चन्द्रकुमार शेर्मासहित नगर कार्यपालिकालाई आगामी आर्थिक वर्ष २०७७।०७८ अन्तर्गत ल्याउने नीति तथा कार्यक्रममा आवश्यक सुझावहरु पनि दिएको छ । नेकपाको तर्फबाट बिजयी नगर प्रमुख, उपप्रमुख लगायत बहुमतको नगर कार्यपालिकालाई नीति तथा कार्यक्रममा समेट्नु पर्ने बुदागत विषयहरु समावेश गरेको छ ।

खासगरी, स्वास्थ्य क्षेत्रलाई सर्वसाधरणको पहुचमा राख्न विपन्न वर्गलाई अनिवार्य स्वास्थ्य वीमा गरिनुपर्ने, घरमा फुसको छानो भएको मुक्त नगर बनाइनु पर्ने, जहाँ अभर त्यहाँ नगर र नगरमा अनिवार्य दमकल ल्याइनुपर्ने सुझावहरु नेकपा नगर कमिटिले राखेको छ ।

त्यस्तैं, शिबसताक्षी नगरपालिकामा नगर गौरवका योजना अन्तर्गत रिङरोडलाई निरन्तरता दिनुपर्ने र झिलझिलेमा आधुनिक बसपार्कको कार्यलाई नीति तथा कार्यक्रममा समेट्दै कार्यसञ्चालन गरिनुपर्ने सुझाव राखेको छ । आगामी आर्थिक वर्षमा खासरी रिङरोडको कामलाई शिबसताक्षी–६ शिबगञ्जस्थित हतकडी चौकहुदै दक्षिण शिबसताक्षी–५ र ४ (पाँचगाछी) हुदै शिबसताक्षी–३ को कमलधाप, माने चौक, वडा नं २ को भर्लिचन, स्वागत चौक हुदै वडा नं १ को चर्चाबारी–धरमपुरसम्म निर्माण कार्य सञ्चालन गर्न पार्टी नगर कमिटिले सुझाएका छन् ।

यता, शिबसताक्षी–८ डुडामारी चौक (लोकमार्ग) उत्तर रतुवामाई वृक्षारोपण आयोजनाको बनक्षेत्रमा निर्माणधिन डुडामारी सीमसारमा तत्काल बजेट नछुट्याउन नगर प्रमुख शेर्मालाई निर्देशन दिएको छ । नगर प्रमुखले आफ्नो गाउँको सीमसारमा यसअघि चालु आर्थिक वर्षमा रु २ करोड बजेट छुट्याइसकेका छन् ।

शिबसताक्षी–११ झिलझिले उत्तरमा निर्माणधिन गणेशमान अध्ययन प्राविधिक प्रतिष्ठानलाई नगरपालिकाको नगर गौरब योजना अन्तर्गत राखेर नीति तथा कार्यक्रममा समेट्नुपर्ने नेकपा नगर कमिटिले सुझाव राखेको छ ।

्नगर कमिटिले स्वास्थ्य सम्बन्धी ७ वटा बुदाहरु सुझावहरु राखेको छ भने शिक्षा सम्बन्धी नौ वटा वुदाहरु राखेको छ । कृषि सम्बन्धी १५ वटा वुदाहरु, पूर्वाधार विकासतर्फ नौ वटा वुदाहरु राखेको छ । त्यस्तैं, खेलकुद, यन्त्र तथा उपकरण सम्बन्धी, एकीकृत सम्पती कर सम्बन्धी, नगरपालिकाले समिति गठन गर्ने सम्बन्धी र अन्यसमेतको शिर्षकमा सुझावहरु राखेको छ ।

यता, यस विषयमा नेकपा नगर अध्यक्ष महेन्द्र भट्टराईले नगरपालिकाको समग्र विकासमा नीति तथा कार्यक्रम अत्यन्तै महत्वपूर्ण दस्तावेज हुने बताए । उनले यस्ता महत्वपूर्ण विषयमा पार्टीद्धारा नगरपालिकाका जनप्रतिनिधिहरुलाई आवश्यक सुझावसहित निर्देशन पार्टीको बैठकद्धारा दिइएको जानकारी गराए ।

अध्यक्ष भट्टराईले नगरपालिकामा एउटा दमकल तत्कालै आवश्यक रहेको र सोही विषयमा नगरपालिकालाई ध्यानकर्षण गराइएको छ । नगरमा यसअघि आगलागीका घट्नाहरुले पनि दमकलको आवश्यकता ठहर गरिएको र बढ्दो सहरीकरणसँगै आगलागीका घट्नाहरुबाट धन र जनको क्षति हुन नदिन आउदो आर्थिक वर्षमा दमकल ल्याउन नगर प्रमुखलाई निर्देशन गरिएको अध्यक्ष भट्टराईले बताए ।

त्यस्तैं, झिलझिलेमा निर्माणधिन गणेशमान अध्ययन प्रतिष्ठानलाई नगरपालिकाले आवश्यक सहयोग गर्नुपर्ने नगर कमिटिले ठहर गरेको अध्यक्ष भट्टराईले बताए । यो राजनीति विषयवस्तु बनाइनु भन्दा पनि प्रदेश १ कै उत्कृष्ट ढंङ्गमा निर्माण भइरहेको प्रतिष्ठानले समग्र शिबसताक्षी नगरपालिकाको पहिचानलाई उच्च बनाइराख्ने अध्यक्ष भट्टराईको भनाई छ ।

फाइल तस्विरः नेकपा नगर अध्यक्ष महेन्द्र भट्टराई र सचिव धनबहादुर थेबेसहित शिबसताक्षी नगरपालिका प्रमुख चन्द्रकुमार शेर्मा
Facebook Comments

Leave A Reply

Your email address will not be published.