News of Nation

शिबसताक्षीमा पत्रकारिता तालिम सम्पन्न

गोविन ल्वागुन दुधे, ८ असार–झापाको शिबसताक्षीमा सञ्चालित तीन दिने पत्रकारिता तालिम आज सम्पन्न भएको छ । तालिममा नगरका २५ जनाले सहभगिता जनाएका थिए ।

ग्रामिण भेगमा रहेका युवा जनशक्तिहरुलार्इ आधारभुत पत्रकारिताको ज्ञान् दिने उदेश्यले आयोजित तालिमको समापानमा नगरका लेखा अधिकृत प्रकश योङ्हाङ्ले प्रशिक्षार्थीहरुलार्इ प्रमाण पत्र वितरण गर्नुभएको थियो ।

तालिममा अग्रज पत्रकारहरु दिपिन राई, केसब भट्टराई ,तथा नगरका पत्रकारहरु छविलाल दवाडी, सेलिङ केसी, दिलिप घिमिरे, शान्तिराम बस्नेत, गोबिन ल्वागुन र पवन चाम्लिङले सहजीकरण गरेका थिए ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.