News of Nation

इटालियन सिरी एः युभेन्टस शीर्ष स्थानमा कायमै

एजेन्सी, ९ असार–इटालियन सिरी ए फुटबलमा लिग लिडर युभेन्ट्सले बोलोग्नालाई २–० ले पराजित गरेको छ।

बोलोग्नाको घरेलु मैदानमा भएको खेलमा युभेन्टसका जीतको लागि रोनाल्डोले २३ औं मितेटमा पेनाल्टी मार्फत गोल गर्दै अग्रता दिलाए। त्यस्तै खेलको ३६ औं मिनेटमा डेबालाले गोल गर्दै अग्रतालाई दोब्बर बनाए। पहिलो हाफमा २–० को अग्रता लिएको युभेन्टसले त्यसपछि कुनै पनि गोल गर्न सकेन।

यस सिजन युभेन्ट्स दोस्रो स्थानको लाजियो भन्दा मात्र ४ अंकले अघि रहेको छ। युभेन्ट्सले २७ खेलमा ६३ अंक जोडेको छ। २५ खेल खेलेको लाजियोको ६२ अंक रहेको छ । लिगमा ३४ अंक जोडेको बोलोग्ना १० औं स्थानमा रहेको छ।

त्यस्तै एसी मिलानले लिसीलाई चार एक गोलले हराएको छ। २७ खेल खेलेको एसी मिलानको ३९ अंक रहेको छ। त्यस्तै गएराति नै भएको अर्को खेलमा फियोरेन्टिना र ब्रेसियाले एक एक गोलको बराबरी खेले।

Facebook Comments

Leave A Reply

Your email address will not be published.