News of Nation

भारत-चीनबीचको सीमा तनाव तत्काललाई ‘मत्थर’

दिल्ली, ९ असार–लद्दाखको गलवान उपत्यकामा भएको सैन्य झडपपछि तातिएको भारत–चीन विवादबीचको सीमा विवाद थप चर्किने आशंका बढिरहेका बेला एकाएक घटनाले अर्को मोड लिएको छ ।

२० भारतीय सैनिकको ज्यान जाने गरी भएको गलवान झडपपछि एक–आपसमा दोषारोपण गर्ने काम भइरहेका बेला एकाएक घटनाले शान्तिपूर्ण बाटो समातेको छ ।

चीनले गलवान उपत्यका आफ्नो भूभागमा पर्ने बताइरहेको र भारतले पनि चीनको दावी गलत भएको दावी गरिरहेका बेला थप तनाव बढ्ने आशंका बढिरहेका बेला अचानक घटनाले नयाँ मोड लिएको हो । भारत र चीनका सेनाबीच विवादित हिमाली सीमानाबाट सेना फिर्ता बोलाउने सहमति भएको छ ।

लद्दाख नजिकको विवादित क्षेत्र गलवान उपत्यकामा गतहप्ताको सोमबार भारतीय र चिनियाँ सेनाबीच झडप हुँदा २० भारतीय सेनाको मृत्यु भएको थियो । चिनियाँ सेनाले भने आफ्ना सेनाको अवस्थाको बारेमा केही खुलाएको छैन । तर भारतीय सञ्चारमाध्यममा भने एक कमाण्डरसहित दुई जना मारिएको खबर बाहिरिएको छ ।

उक्त हिंस्रक झडपछि विवादित हिमाली क्षेत्रबाट आफ्ना सेनाहरु फर्काउन दुवै देश तयार भएको रोयटर्सले जनाएको छ । बेइजिङमा पत्रकारसँग कुराकानी गर्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भारत र चीन दुवै देशले तनावलाई अन्त्य गर्न सहमति गरेको जानकारी दिएका छन् । लिजियानले मंगलबार ४० चिनियाँ सेना मारिएको भन्ने भारतीय दाबीमा सत्यता नभएको पनि उल्लेख गरे ।

सोमबार भारत र चीनका सैन्य कमाण्डरबीच ११ घण्टा छलफल भएको थियो । उक्त छलफलपछि रोयटर्ससँग एक भारतीय अधिकारीले भनेका थिए, ‘छलफलमा सेना फर्काउने आपसी सहमति भएको छ ।’

लद्दाख नजिकको सीमानामा भारत र चीनबीच गलवान उपत्यका र पाङगोङ तालको विषयलाई लिएर विवाद छ । यी क्षेत्रहरु भारत र अक्साइ चीनसँग जोडिएका छन् । त्यसकारण दुवै देशले यी क्षेत्र आफ्नो भएको दाबी गर्दै आएको छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.