News of Nation

कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु

काठमाडौं, १२ असार–नोभेल कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा करिब ३० वर्षीया रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमले जानकारी दिएका छन् ।

असार ११ गते ती महिला अचेत अवस्थामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै भेटाएको र उपचारका लागि राप्ति स्वास्थ्य अस्पतालमा लगेर जाँच गर्दा मृत्यु भएको पाइएको थियो ।

असार १२ गते उनको कोरोना संक्रमण पुष्टि भएको थियो । उनको सम्पर्क स्थापित गराउने काम भइरहेको जनाइएको छ ।

बिहीबार दुईजना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो ।

हालसम्म देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ । देशभर कोरोना भाइरस संक्रमितको संख्या ११ हजार ७५५ पुगेको छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.