News of Nation

लेवान्डोवस्की विश्वकै उत्कृष्ट सेन्टर फरवार्ड

एजेन्सी, १४ असार–जर्मन बुन्डेसलिगाका २०१९–२० का सर्वाधिक गोलकर्ता रोबर्ट लेवान्डोवस्की विश्वकै उत्कृष्ट सेन्टर फरवार्ड भएको बताइएको छ । यस सिजन लिगका ३१ खेलमा ३४ गोल गरेका उनलाई बायर्न म्युनिकका अध्यक्ष कार्ल–हेन्ज रुम्मेनिगेले उनी विश्वकै सर्वश्रेष्ठ सेन्टर फरवार्ड भएको बताएका हुन् ।

लेवान्डोवस्कीको यस सिजन ३४ गोल गर्दा आरबी लेइपजिङका टिमो वेर्नरभन्दा छ गोल बढी हो । पूर्व बोरुसिया डर्टमन्ड खेलाडी लेवान्डोवस्की बुन्डेसलिगामा पाँचौं पटक शीर्ष स्कोर कर्ता बन्ने पहिलो खेलाडी बनेको छन् ।

‘बुन्डेसलिगाको एक सिजनमा ३४ गोल गर्नु भनेको अविश्वसनीय उपलब्धी हो,’ बायर्नका अध्यक्ष रुम्मेनिगेले भने, “बुन्डेसलिगामा गर्ड मुलरले मात्रै एक सिजनमा ३४ गोलभन्दा बढी गोल गरेका थिए । त्यसैले म उनलाई धन्यवाद दिन चाहन्छु र उनी विश्वको सर्वश्रेष्ठ सेन्टर फरवार्ड हुनेमा विश्वस्त छु ।”

‘दुर्भाग्यवश मैले यस सिजनमा तीन खेल हराएको छु,’ ३१ वर्षीय लेवान्डोवस्कीले भने, “म ३४ गोल गर्दा धेरै खुसी छु । तर पक्कै पनि यो उपलब्धि टिम विना सम्भव छैन । त्यसैले टिममा धन्यवाद दिन पर्दछ ।’

Facebook Comments

Leave A Reply

Your email address will not be published.