News of Nation

ललितपुरमा कोरोना संक्रमित २९ वर्षीय युवकको मृत्यु

ललितपुर, १५ असार–ललितपुरको स्टार अस्पतालमा उपचाररत एक २९ वर्षीय कोरोना भाइरस संक्रमित युवकको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

रौतहट घर भएका उनले अस्पतालमा मृत्यु भएको हो । कोभिड–१९ परीक्षणका क्रममा उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको ललितपुरका स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले जानकारी दिएका छन् ।

अस्पतालका एक कर्मचारीले भने दमका रोगी ती पुरुषलाई उपचारका लागि भ्याण्डिलेटरमा राखिएको केहीवेरमै मृत्यु भएको बताएका छन् ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.