News of Nation

चेल्सी एफए कपको सेमिफाइनलमा

जेन्सी, १५ असार–प्रिमियर लिग क्लब चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

लेस्टर सिटीको घरेलु मैदानमा भएको खेलमा चेल्सीले १(० को संघर्षपूर्ण जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

पाहुना टोली चेल्सीको जितका लागि खेलको एक मात्र निर्णायक गोल रोज बार्क्लीले गरेका हुन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा बार्क्लिले गोल गर्दै अग्रता दिलाएका थिए ।

उनले खेलको ६३ औं मिनेटमा विलियनको पासमा गोल गरेका हुन् । त्यसपछि दुबै टोलिबाट थप गोल हुन नसक्दा चेल्सीले १-० गोलको संघर्ष पुर्ण जित निकाल्दै एफए कपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

चेल्सीसँगै म्यान्चेस्टर युनाइटेड र आर्सनल एफए कपको सेमिफाइनलमा प्रवेश गरि सकेका छन् । अब अन्तिम टोलिको पुरमा न्युक्यास्टल र म्यान्चेस्टर सिटीबिचको विजेता टोलि एफए कपको सेमिफाइनलमा प्रवेश गर्नेछ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.