News of Nation

‘पहिलो पाईला नेपाल’ विर्तामोड शाखाको तीन वर्षसम्म यात्रा

मदन ओली/जीवनसिंह राजवंशी

-यो आधुनिक समाज धेरै संख्यामा संगठनहरू मिलेर बनेको छ। हाम्रो समाज संगठनात्मक समाज हो। हामी केवल समाजमा बस्दैनौं, सम्बन्धित छौ र संगठनबाट काम गर्छौं साथै हाम्रा अधिकांश इच्छाहरू पूरा गर्छौं र संगठन मार्फत हाम्रो आकांक्षा पूरा गर्छौं। संगठित शब्दको अर्थ सामान्यतया एक संघ हो अर्थात् स्थिति र भूमिकाको व्यवस्था हो । विशिष्ट अर्थमा संगठितले सम्पुर्णलाई प्रतिनिधित्व गर्दछ ।

-मानिस सामाजिक प्राणी होः ‘समाजको हरेक कुराको प्रत्यक्ष असर मानिसको जीवनमा पर्दछ । परेको अबस्थामा एक अर्काको बिकासलाई मद्दत गर्ने र निरन्तर नकारात्मकतादेखि सकारात्मकताको बाटोमा लम्किने, परिवर्तनको बाटोलाई पच्छयाउने बानिले गर्दालाई मानिसलाइ श्रेष्ठ प्राणिको रुपमा बुझ्ने गरिएको हो । समाज प्रतिको समाजिक उत्तरदायी बनेर सकारात्मक परिवर्तनको यात्रामा संगठित रुपमा अगाडि बढ्न पहिलो पाईला नेपाल बिर्तामोड संस्थाको उदेय भयो ।

सामाजिक संस्था ‘पहिलो पाईला नेपाल’ बिर्तामोड शाखाको बिगतलाई फर्केर हेर्दाः

-‘संस्था कति प्रतिशत सफल रहयो वा ‘बिफल रहयो’ त्यो बिश्लेण गर्ने जिम्मा हजुरकोमा छोड्दै संस्थाले आजका मितिसम्म गरेका समाज रुपान्तरणका लागि प्रत्यक्ष कार्यक्रमहरु प्रस्तुत गर्दछु मिति २०७५ साल असार १५ गतेका दिन मेचिनगर नगरपालिका वडा न १ स्थित पवित्रा आधारभुत प्राथमिक विध्यालयका ११ जना विपन्न विद्यार्थीहरुलाई झोला सहितका अन्य स्टेसनरी सामग्रीहरु कपि, कलम, कलर पेन्सिल, ज्यामेट्री बकस लगायतका सामग्रीहरु वितरण गरिएर औपचारिक रुपमा पहिलो पाईला नेपालको शाखाको रुपमा कार्य थालनी गरेको संस्थाले, नेतृत्व तथा ब्याक्तित्व बिकास तालिम, महिला हिंसा विरुद्ध सचेतना कार्यक्रम, भाग्य बेक्ने झोला बितरण,  न्यानो माया स्वेटर सटोपी बितरण, मेची अञ्चल अस्पताल भद्रपुर सरसफाई अभियान सयो कार्यक्रम लगातर रुपमा ४ हप्ता सम्म संचालन भएको थियो ।

उक्त कार्यक्रममा जिससस मेची अंचल अस्पताल, अनेरास्ववियु मेची क्याम्पस र अन्य सरोकारवाला निकायको सहभागीता रहेको थियो ।

अनाथ बालबालिका सङ्ग बनभोज कार्यक्रम

-‘समाज रुपान्तरणका लागि सम्पुर्णको प्रत्यक्ष सहभागिता अति आबस्यक रहेको छ । बुबा आमा गुमाएका अनाथ बालबालिकाको बाल मनोबिज्ञानमा नया उम्ङ्ग भर्न तारा नमस्ते बालग्राममा नानिहरुसङ्ग एक दिने बनभोज कार्यक्रम आयोजना गरिएको थियो ।

-माघ १६ गते सहिद दिवसको दिन पहिलो पाईला नेपाल बिर्तामोड साखाले देशका लागि ज्यान दिन अमर सहिदहरुको सम्झनामा सहिद स्मृति पार्क सालबारीका दिप प्रज्वलन कार्यक्रम आयोजना गर्यो ।

-फागुन २४ नारी दिवसको दिन समाज बिकासमा नारीको भुमिका शीर्षकमा अर्जुनधारा नगरपालिका सनिस्चरे बहुमुखी क्यामपसमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो ।

-यो बिचमा संस्थाको office set up गाउँदेखि लिएर विभिन्न समाजिक कार्यहरुमा संयम सेवकको भुमिकाका कार्यहरु गरियो । जेस्ठ ३२ का दिन शिवसताक्षी नगरपालिकामा एक दिने निशुल्क नेतृत्व तथा ब्यक्तिव बिकास तालिम आयोजना गरियो ।

-कार्यक्रममा ‘सामाजिक संस्था हामी छौ’ सङ्ग सहकार्य गरिएको थियो । साउन ११ गतेका दिन बिर्तामोड नगरपालिकामा एक दिने नेतृत्व बिकास तालिक आयोजना गरियो । श्रावण ३० गतेका दिन रास्ट्र सेवकसङ्ग रक्षा बन्धन कार्यक्रम आयोजना गरियो ।

-समाजको रक्षाका लागि निरन्तर कार्य गर्ने प्रहरीसङ्ग आयोजना गरिएको उक्त कार्यक्रम निकै सार्थक रहेको बुझाई छ । भाद्र ०८ गतेका दिन भद्रपुर नगरपालिकाको श्री दिपक आधारभुत बिध्यालयमा अध्यानरत ६० जाना बालबालिकालाई शैक्षिक सामाग्री सहितको झोला ९ थान भाग्य बोक्ने झोला बितरण गरियो। गरिविको चपेटामा रहेला बालबालिकाको शैक्षिक गुणस्तरमा यस्ले ठूलो सहयोग गर्ने हाम्रो बुझाइ रहेको छ ।

-Humanity first संस्थाले यश कार्यक्रममा सहकार्य गरेको थियो । भाद्र २९ गते बालदिवसको दिन पहिलो पाईला नेपाल बिर्तामोड साखाले अर्जुनधारा नगरपालिका वार्ड नम्बर ७ मा रहेको आधारभुत बिध्यालयमा सम्पुर्ण बिध्यार्थिलाइ शैक्षिक सामाग्री बितरण गरेको थियो ।

-उक्त कार्यक्रममा अर्जुनधारा नगरपालिका ०६ मा रहेको Brilliant edu. foundation ले सहयोग गरेको थियो । असोज ०३ गते संविधान दिवसको दिन पहिलो पाईला नेपाल बिर्तामोड संस्थाले चाराली युथ club र boxer boys को सहकार्यमा मेचिनगर चारालिमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रमा ५२ जानाले रक्तदान गरेका थिए ।

-सोही दिन अर्जुनधारा नपामा देवकोटा चोकमा संविधान दिवस विशेष दिपप्रज्वलन कार्यक्रम पनि आयोजना गरेको थियो ।

-त्यस्तै, संस्कृति द्येसि भैलो कार्यक्रम, Train पहिलो पाईला अन्तरगत सदस्यहरुलाई परिक्षण तथा बनभोज कार्यक्रम आदि पनि आयोजना गरेको थियो ।  मेचि महाकाली सरसफाई अभियान अन्तर्गत बुद्धशान्ति गाउँपालिकामा सचेतनामुलक कार्यक्रम सम्पन्न गरियो ।

-यसैगरि, पौष १७ गते युवा सरोकार बिषयमा बिर्तामोड नगरपालिका र भअजयm को सहयोगमा अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरेको थियो । यस्तै, विभिन्न स्थानमा स्वास्थ शिविर पनि गरेको छ। यसरी समाज रुपान्तरणमा युवाहरुलाई प्रत्यक्ष जोड्दै अगाडि बढेको संस्था पहिलो पाईला नेपालको बिर्तामोड शाखाको दुई बर्ष पूरा भएको सुभ अबसरमा आज अर्जुनधारा नगरपालिकाको क्वारेन्टाइनमा बस्नुहुने सम्पुर्णलाई दहि चिउरा खुवाएको छ ।

प्रकाशितः असार १५ गते, सोमबार २०७७

Facebook Comments

Leave A Reply

Your email address will not be published.