News of Nation

किसान कृषि सहकारी संस्थाद्धारा राष्ट्रिय धान दिवसमा ‘दही च्यूरा खादै धान रोपाई’

झिलझिले, १६ असार–आज असार १५, राष्ट्रिय धान दिवस तथा दही च्यूरा खाने दिन । धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ १७ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्तसव गरिंदैछ । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही च्यूरा खान्छन् ।

यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिने गरेका छन् ।खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीहरुले पनि आजको दिन दही च्यूरा खाएर असार १५ मनाउँछन् ।

यहि अवसर पारेर झापाको झिलझिलेस्थित किसान कृर्षि सहकारी संस्थाले आज १७औं राष्ट्रिय धान दिवस तथा दही च्यूरा खाई असार १५ मनाएको छ । शिबसताक्षी–११ झिलझिलेबाट सञ्चालित किसान कृषि सहकारी संस्थाले आफ्ना शेयर सदस्य, कर्मचारी र सञ्चालक समितिबीच राष्ट्रिय धान दिवस मनाएको हो ।

मनसुन सुरु भएसँगै राम्रोसँग पानी परेकाले रोपाइँ छिटो भएको हो । नेपालको धानखेती आकाशे सिँचाइमा निर्भर छ । संस्थाका अध्यक्ष सनम इजमका अनुसार संस्थाले शिबसताक्षी–११ मा राष्ट्रिय धान दिवस मनाइएको र संस्थाका कर्मचारी, शेयर सदस्य र सञ्चालक समितिहरुबीच धान दिवसको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरिएको हो । उनले अनुदान वापत नगरपालिकाबाट प्राप्त एक थान पावर–टेलर संस्थालाई उपलब्ध भएको बताए ।

धान दिवस तथा दही च्यूरा खाने कार्यक्रममा संस्थाका उपाध्यक्ष हरि शंकर सिलवाल, सचिव मोहन राई, व्यवस्थापक चन्द्रिका तामाङ लगायत सञ्चालक समिति, शेयर सदस्य र कर्मचारीहरुको उपस्थिति थियो ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.