News of Nation

कोरोना भाइरस र सलह किराको क्राशबीच झापामा राष्ट्रिय धान दिवस मनाइयो

जीवनसिंह राजवंशी/विर्तामोड, १५ असार–आज असार १५ दही चिउरा खाँदै नाच्दै–गाउँदै रोपाइँ गरेर १७ औँ राष्ट्रिय धान दिवस मनाइँएको छ । कोरोना भाइरसको महामारी र सलह किराको त्रासकाबीच कृषकहरुले राष्ट्रिय धान दिवस मनाएका छन् ।

राष्ट्रिय धान दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रमहरु गरी मनाईएको छ । ‘धान उत्पादनमा बृद्धी आत्म निर्भरता र समृद्धी’ मुल नारा सहित देशैभर धान दिवस मनाईएको हो । किसानहरु दहि च्युरा खाएर एक आपसमा हिलो छ्यापा–छ्याप गर्दै धान रोप्ने गरेका छन् ।

यसैबीच झापामा पनि धान दिवस अवसरमा विभिन्न कार्यक्रमहरु गरी मनाईएको छ । झापाको कनकाई नगरपालिका वडा नम्बर ८ स्थित लक्ष्मिपुरमा पनि धान रोपेर १७ औँ धान दिवस मनाईएको छ । कृषी ज्ञान केन्द्र झापा र साना किसान कृषी सहकारी सँस्था लिमिटेडको सँयुक्त आयोजनामा सामुहिक रोपाई महोत्सवको आयोजना गरीएको थियो ।

कार्यक्रममा प्रदेश नम्बर १ का प्रदेश सांसद एकराज कार्की, जिल्ला समन्वय समितीका सँयोजक सोमनाथ पोर्तेल,कनकाई नगरपालिका प्रमुख राजेन्द्र पोखरेल, उपप्रमुख मञ्जु प्रसाई, कृषी ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंह लगायतले धान रोपेर महोत्सव सम्पन्न गर्नु भएको थियो ।

यस्तै, बिर्तामोड नगरपालिका वडा नम्बर ४ मुनाल टोलमा बाँझो खेतको सदुपयोग गर्दै बिर्तामोडका विभिन्न ३१ ओटा संघ संस्थाहरुको अगुवाईमा सामुहिक धान रोपीएको छ । सामुहिक धान रोपाई कार्यक्रममा नगरपालिका तथा विभिन्न संघसस्थाहरुले सामुहिक रुपमा धान रोप्न पाउँदा समृद्धीका लागी एक्यबद्ध भएको जस्तो आभास भएको कार्यक्रममा उपस्थितहरुको भनाई छ ।

झापामा ८७ हजार ५०० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । जस्मा गत बर्ष ९७ प्रतिशत भुभागमा रोपाई भएको थियो भने यसबर्ष सतप्रतिशत भुभागमा रोपाई हुने अनुमान गरीएको कृषी ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहले बताए ।

गत बर्षहरुमा झै यस बर्ष पनि राष्ट्रिय धान दिवश देशभर विभिन्न कार्यक्रमकाबिच मनाईएको छ । गत बर्षमा धान उत्पादनमा कमि नआएपनि कृषकहरुमा यस बर्ष भने सलह किराको त्रास बढ्दै गएको देखीन्छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.