News of Nation

केर्खास्थित रतुवामाई वृक्षारोपण आयोजनाले निःशुल्क बिरुवाहरु वितरण गर्दै

दमक, १६ असार–झापाको केर्खास्थित रतुवामाई वृक्षारोपण आयोजनाले आजबाट निःशुल्क बिरुवाहरु वितरण सुरु गरेको छ ।

राष्ट्रिय वृक्षारोपण कार्यक्रम अन्र्तरगत आयोजनाले आजबाट टिक, मसला, अनार र सिताफलका बिरुवाहरु वितरण सुरु गरेको हो ।

वन तथा वातारण मन्त्रालयको कार्यक्रम अन्र्तरगत स्थानिय कृषकलाई लक्षित गरेर ३ लाख भन्दा बढी बिरुवाहरु वितरण गर्न लागिएको आयोजना प्रमुख खेमलाल विश्वकर्मले जानकारी दिए ।

स्थानिय जनताले बिरुवा लिन आउदा निवेदनका साथमा नागरिकताको प्रमाणपत्र, धनिपुर्जा, चालु आर्थिक वर्षको मालपोत तिरेको रसिद पेश गर्नुपर्ने छ । एक हजार भन्दा बढी बिरुवाहरु लाने कृषकलाई आयोजनाले ढुवानि गरिदिने समेत प्रमुख विश्वकर्मले बताए ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.