News of Nation

प्रदेश सांसद दर्लामीले दिए पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामाग्रीहरु

प्रदेश सरकारले आव २०७७।०७८ मा शिक्षा, स्वास्थ्य र कृषीतर्फ बजेट ल्याउदै......

झिलझिले, २४ जेठ–झापा क्षेत्र नं ४ (क) प्रदेशसभा सदस्य माननीय झलकसिंह दर्लामीले विश्व समुदायबीचमा यतिवेला कोरोना भाईरसको संक्रमणले आक्रान्त बनाएको कथन गर्दै यस महामारीबाट बच्न र बचाउन संचेत नागरिकको महत्वपूर्ण भूमिका हुनेमा जोड दिएका छन् । उनले संघीय सरकारले प्रस्तुत गरेको बजेटसँगै प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७७।०७८ को बजेटमा शिक्षा, स्वास्थ्य र कृषितर्फ केन्द्रित रहदै भौतिक पूर्वाधार लगायतका विकाशका कार्यक्रमहरु सञ्चालन गरिने जानकारी दिए ।

शनिबार, दुधेमा झापाका शिबसताक्षी नगरपालिकाका क्रियाशिल पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामाग्रीहरु वितरण गर्दै सांसद दर्लामीले यस्तो कुरा बताएका हुन् । उनले नेपाल लगायत विश्वका शक्तिशाली मुलुकहरु कोरोनाले त्राश र आक्रान्तले आर्थिक समस्या सृजना गरेको बताए । विश्व समुदायबीचमा कोरोना भाइरसको संक्रमणले ठूलो आक्रान्त बनाएको छ, सांसद दर्लामीले भने–यस्तो महामारीमा सुरक्षित रहनु र सावाधानीसहित काम गर्नु नै बुद्धिमानी हुन्छ ।

उनले सञ्चारकर्मीहरु सुचना सङ्कलनको क्रममा जोखिमकाबीच कार्यक्षेत्रमा काम गर्नुपर्ने बताए । यसरी कार्यक्षेत्रमा कार्यरत पत्रकारहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षा सामाग्रीहरु १ थान केएन नाइटी फाईभ मास्क र १ थान सेनिटाइजर वितरण गरिएको उनले बताए ।

सोही अवसरमा सांसद दर्लामीले निर्वाचन क्षेत्र अन्तर्गत विभिन्न पालिकाको वडाहरुमा भइरहेका योजना र विकास निर्माणका बारेमा प्रष्ट पारेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समंद्ध प्रेष नेपाल झापाका सदस्य अनिलदेब राई, पत्रकार महासंघ झापा शाखा सदस्य बिनोद सापकोटा, सताक्षी प्रेम क्लबका अध्यक्ष छबिलाल दवाडी, पत्रकार सेलिङ केसी, जीवनसिंह राजवंशी, गोविन ल्वागुन, सरोज भट्टराई, शान्तिराम बस्नेत र सेलिङ केसीको उपस्थिति रहेको थियो ।

त्यस्तै, नेपाल कम्युानिष्ट पार्टी (नकपा) शिबसताक्षाी नगर अध्यक्ष महेन्द्र भट्टराई, नगर सदस्य भुवन राई र संसाद दर्लामीका स्वकीय सचिव एबम् नेकपा नगर सदस्य दुर्गा नेम्बाङको उपस्थिति थियो ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.