News of Nation

आज ३२३ जनामा कोरोना संक्रमण पुष्टि

झापा, २४ जेठ–कोरोना भाइरस कोभिड–१९ बाट आज शनिबार थप ३२३ जनामा संक्रमण पुष्टि भएको छ । स्‍वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा कुल संक्रमितको संख्या ३ हजार २३५ पुगेको छ ।

संक्रमितहरुमा बिराटनगरमा गरिएको परिक्षणमा ६ जना, कोशी अस्पतालमा गरिएको परिक्षणमा १ जना, भरतपुर अस्पतालमा गरिएको परिक्षणमा ३ जना, भेरी अस्पतालमा गरिएको परिक्षणमा ४० जनामा संक्रमण भेटिएको छ ।

त्यसैगरी पोखरामा गरिएको परिक्षणमा १४ जना, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परिक्षणमा ८ जना, सेती अस्पतालमा गरिएको परिक्षणमा १३ जना, कर्णालीमा गरिएको परिक्षणमा ४४ जना, सुर्खेतमा गरिएको परिक्षणमा ५७ जना, रुपन्देहीमा गरिएको परिक्षणमा १७ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँमा १२० जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसै गरि कोरोनालाई जितेर निको भै घर फर्किनेहरुको संख्या ३६५ पुगेको छ । जस मध्ये २९९ जना पुरुष र ६६ जना महिला रहेका छन । त्यस्तै आज शनिबार पनि कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको पुष्टि भएको छ ।

डोल्पामा गत जेठ २१ गते राति निधन भएका ५८ वर्षीय पुरुषको मृत्यु भएका उनको कोरोना पोजिटिभ आएको छ । त्यस्तै सेतीमा गरिएको परिक्षणमा धनगडीकि ५५ वर्षीय महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको जेठ २३ गते मृत्यु भएको हो ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.