News of Nation

झापा अर्जुनधाराका दुई जनामा कोरोना संक्रमण पुष्टि

अर्जुनधारा, २५ जेठ–झापाको अर्जुनधारामा पहिलो पटक दुई जनामा कोरोना पुष्टि भएको छ ।नगरपालिकाले स्थापना गरेको शनिश्चरे माविको क्वारेन्टाइनमा बस्दै आएका अर्जुनधारा–९ का दुई युवामा कोरोना पुष्टि भएको हो । उनीहरु भारतबाट आएका युवा हुन् ।

कोरोना पुष्टि भएपछि ती युवालाई थप उपचारका लागि गोठगाउँस्थित आइसोलेसनमा लैजाने तयारी गरिएको छ ।दिल्लीबाट पाँच दिनअघि पूर्वी नाका काँकरभिट्टाहुँदै उनीहरु आएका थिए । संक्रमित युवाहरुको उमेर २३ र २७ वर्ष रहेको छ ।

संक्रमण पुष्टि भएका व्यक्तिसँगै एउटै कोठामा रहेका व्यक्तिलाई थप ७ दिन राखिने भएको छ । उनीहरुको थप पीसीआर परीक्षण गरेर मात्र घर पठाइने बताइएको छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.