News of Nation

सहारा नेपाल साकोसका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीलाई पितृशोक

बिर्तामोड, २५ जेठ–सहारा नेपाल साकोस चारपानेका प्रमुख कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीलाई पितृशोक परेको छ । गिरीका बुवा बमबहादुर गिरीको ८९ वर्षको उमेरमा बिर्तामोड २ चारपाने निजी निवासमा शनिबार अपराह्न ५ बजे निधन भएको हो ।

सामाजिक तथा धार्मिक क्रियाकलापमा सक्रिय गिरीको श्रीमती बशुन्धरा गिरीको २०६६ सालमा निधन भइसकेको छ । स्व।गिरीको दुई छोरा, दुई छोरी, चार नाती, चार नातीनी रहेका छन् । उनका छोरा –वुहारीहरुमा महेन्द्रकुमार–ज्योती गिरी र राजु –मिनादेवी गिरी रहेका छन् । त्यस्तै छोरी –ज्वाईंहरुमा निर्मला – लोकवहादुर भारती र मिना – ध्यानवहादुर भारती रहेका छन् ।

छोराहरु मध्ये महेन्द्रकुमार गिरी सहारा नेपालका सचिव , राष्ट्रिय सहकारी वैंकका सञ्चालक सदस्य, एकका लागि एक अभियानका संयोजक , जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष , झापा गोल्डकपका पूर्व अध्यक्ष लगायत विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहेका छन् ।

त्यस्तै राजु सहारा नेपाल चारपानेका कर्मचारी लगायत विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहेका छन् । त्यसैगरी उनका ज्वाईं ध्यानवहादुर भारती अर्जुनधारा नगरपालिका वडा नंम्वर ५ का वडाध्यक्ष हुन् । स्व।गिरीको शनिवार नै कोटीहोमस्थित कनकाई आर्यघाटमा अन्त्येष्टि गरिएको पारिवारीक श्रोतले जनाएको छ ।

झापा अनलाइन परिवार दिवंगत बमबहादुर गिरी प्रति हार्दिक श्रद्धाञ्जलि एवम् शोकाकूल गिरी परिवारमा हार्दिक समवेदना प्रकट गर्दछ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.