News of Nation

इसाई समाजद्धारा दमकमा १ सय ३ विपन्न घर-परिवारलाई राहत सामाग्री वितरण

अनिलदेब राई/दमक, २६ जेठ–दमक नगर इसाई समाजले आज झापाको दमकमा १ सय ३ विपन्न घर–परिवारलाई रु २ लाख ५२ हजार ५ सय बराबरको राहत सामाग्रीहरु वितरण गरेको छ । समाजका अध्यक्ष पाष्टर धनकुमार (आकाश थुलुङ) राईका अनुसार दमक नगरपालिकाको विभिन्न वडाहरुमा बसोबास गर्ने १ सय ३ विपन्न घर परिवारलाई राहत सामाग्रीहरु वितरण गरिएको हो ।

यसरी वितरण गरिएको समाग्रीहरुमा प्रति घर–परिवारलाई चामल, नून, दाल, खाने तेल, चिउरा, सोयाविन (न्यूटोउला), लुगाधुने र हात धुने सावूनहरु हो । सामाग्रीहरु वितरणमा दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर धनकुमार (आकाश थुलुङ) राई, समाजका सल्लाहकार पाष्टर राजकुमार राई, समाजका सचिव पाष्टर कुमार तामाङ र समाजका कोषाध्यक्ष एलडर विकाश रणपहेलीको सहभागिता थियो ।

यसअघि, इसाई समाजले दमक नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा राहत कोषमा रु १ लाख ३४ हजार ७ सय नगद सहयोग हस्तान्त्रण गरेको छ । त्यस्तैं, इसाई समाज अन्तर्गत दमकमा सञ्चालित २९ वटा चर्चहरुबाट सङ्कलित रुपैयाले दमकमा झण्डै दुई सय ५० विपन्न घर–परिवारलाई राहत सामाग्रीहरु प्रदान गरिसकेको छ ।

समाजका अध्यक्ष पाष्टर आकाश थुलुङका अनुसार इसाई समाज मानवीय सेवाप्रति जिम्मेवार वहन गर्दै विपति र प्रकोपको समयमा दमकवासीहरुलाई सहयोग गर्न सधै तयार छ । उनले लगातारको लकडाउनले कमजोर आर्थिक अवस्थाका घर–परिवारलाई हात मुख जोड्न समस्या भइरहेको बताए । उनीहरुको अवस्था स्थानीय वडा कार्यालय वा नगरपालिकाले देखे या देखेनन् या बुझे–बुझेनन् तर हामीले उनीहरुको समस्यालाई नजिकैबाट बुझेर राहत सामाग्री वितरण गर्यौ, पाष्टर थुलुङले भने । हिजो पनि सहयोग गर्यौ र आज पनि सहयोग गरिरहेका छौं, दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर थुलुङले भने–’हाम्रो आफ्नो गाँस काटेर भएपनि समस्यामा अल्झिरहेका घर–परिवारलाई सहयोग गर्न पाउदा खुशी छौं ।’

फोटो फिचरः

Facebook Comments

Leave A Reply

Your email address will not be published.