News of Nation

मध्यराति एकान्तमा बोलाएर गोली हानी हत्या

धनुषा, २८ जेठ–धनुषामा एक २५ वर्षीय युवालाई मध्यराति एकान्त ठाउँमा बोलाएर गोली हानी हत्या गरिएको छ ।

धनुषाको सबैला नगरपालिका–७ लवटोलीका २५ वषीृय हारुन मण्डललाई अज्ञात समूहले गए राति एकान्तमा लगेर गोली प्रहार गरी हत्या गरेको हो ।

घटनाको प्रकृति हेर्दा राति कसैले घरबाट बोलाएर गोली प्रहार गरी युवकको हत्या गरेको जस्तो देखिएको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक चन्द्रभुषण यादवले जानकारी दिएका छन् ।

उनको शव घरभन्दा करीब २ सयमिटर टाढा फेला परेको यादवले बताए । युवकको छातीमा गोली लागेको छ । युवकको कसले र किन हत्या गरेको हो भन्ने खुल्न सकेको छैन । घटनाका विषयमा अनुसन्धान शुरु गरिसकिएको प्रहरीले जनाएको छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.