News of Nation

सुडान घोटाला प्रकरणः पूर्व आईजीपी ठकुरी आज कारागारबाट छुट्दै

काठमाडौं, २९ जेठ-सुडान घोटाला प्रकरणमा कारागार परेका पूर्व आईजीपी रमेशचन्द ठकुरी आज (बिहीबार) छुट्दैछन् ।

सुडान घोटाला प्रकरणमा दोषी ठहर भएपछि एक वर्ष कारागार सजाय तोकिएका उनी २० दिन सजाय छुट पाएर डिल्लीबजारस्थित कारागारबाट मुक्त हुन लागेका हुन् । प्रहरी महानिरीक्षक हुँदा उनीमाथि भ्रष्टाचारको मुद्दा लागेको थियो । त्यसपछि उनलाई पदबाट निलम्बन गरिएको थियो ।

सुडानस्थित संयुक्त राष्ट्रसंघीय मिसनका लागि एपीसी खरिदमा उनीसहित प्रहरी अधिकृतहरूलाई भ्रष्टाचारको अभियोगमा अदालतले दोषी ठहर गरेको थियो ।
ठकुरीका पालामा सामान खरिद नभए पनि अन्तिम भुक्तानी उनले दिएको भन्दै अख्तियारले मुद्दा लगाएको थियो ।

कारागारमा सहनाइके रहेका उनले अनुशासन कायम गर्न समेत सहयोग गरेको कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदीप कँडेलले जानकारी दिएका छन् । सोही बापत उनले २० दिन कैद छुट पाएका हुन् ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.