News of Nation

शिबसताक्षी नगरपालिकाद्धारा ज्याला-मजदुरलाई राहतमा रोजगार दिदैं

जीवनसिंह राजवंशी शिबसताक्षी (झिलझिले), २९ जेठ–कोरोना भाईरसका कारण गरीएको लकडाउनले ज्याला मजदुरी गरेर खानेहरुलाई नकारात्मक असर पुगेको छ । एक त काम नपाउने समस्या त्यसमाथी लकडाउनले सिर्जना गरेको समस्या त छदै छ । तर, झापाको शिवसताक्षी नगरपालिकाले भने कोरोना भाईरसको संकटका बेला नगरले राहतमा रोजगार कार्यक्रम प्रदान गरेको छ । शिवसताक्षी नगरपालिकामा भने प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगतको कार्यक्रममा ८८ जनाले रोजगारी पाएका छन् ।

शिवसताक्षी नगरपालिकाले दोस्रो चरणको राहत बितरण गरीरहँदा नगरका कतिपय अवस्थामा नगरले राहत बितरणको लागी नम्स् तयार गरेको छ । जस्मा अधिकाँस घरमा चामल समेत नभएका परीवारहरु पर्दछन् । तर राहत स्वरुप रोजगार पाएपछी श्रमिकहरु समेत दंग छन् ।

चालु आर्थिक बर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगतका ८ ओटा श्रममुलक योजनाहरु रहेका छन् । योजनाहरुमा नयाँ सडक निर्माण, सडक चौडाई गर्ने, टुङ्गे जाली निर्माण लगायतका योजनाहरु रहेका छन् । शिवसताक्षी नगरपालिकामा चालु आर्थिक बर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत २५ लाख रुपैँया रकम आएको थियो । जस्मा २० लाख रुपैँया श्रमिकको ज्यालामा खर्च गरीने र बाँकी रकम औजार सामग्री खरीदमा खर्च गरीने शिवसताक्षी नगरपालिकाका रोजगार संयोजक बिदुर तिमल्सिनाले बताउनुभयो ।

प्रत्येक योजनाहरुमा प्राविधिकको स्टुमेट अनुसार एक योजनामा ६ जना देखी १५ जना सम्म श्रमिकहरु खटाईने गरीएको छ । जस्मा नगरकै सबै भन्दा बढी वडा नम्बर ७ मा १५ जना श्रमिहरुलाई रोजगारी दिइएको छ । संकटका बेला राहत स्वरुप रोजगार प्रदान गरीएकाले रोजगार संगै बिकास निर्माणका कामहरुमा समेत टेवा पुगेको शिवसताक्षी वडा नम्बर ७ का वडा अध्यक्ष नबिन ईज्जमले बताउनुभयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत शिवसताक्षी नगरपालिकाका श्रमिकहरु लकडाउनको समयमा समेत रोजगारी पाएपछी श्रमिकहरु हर्सित देखीन्छन् । नगरले चालु आर्थिक बर्षको बजेटमा १५ देखी ४० दिनसम्म रोजगार प्रदान गरेको छ । यस्लाई थप बढाएर रोजगारीका अन्य पाटाहरु बनाउँदै लानुपर्ने आजको आवस्यक्ता हो ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.