झापा, ३० जेठ–कोरोना महामारीको रोकथामका लागि जारी लकडाउनको समयावधि लम्बिदै जादा जनताहरु आक्रान्त बन्दै गएपछि सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ । चरण चरणमा गर्दै लकडाउनलाई खुकुलो गर्दै सुचारु गर्ने भएको हो ।
बुधबार बसेको मन्त्रीपरिषद बैठकले कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी लकडाउनलाई खुकुलो बनाई आगामी असार १ गतेदेखि २१ दिन सम्मका लागि विभिन्न २१ क्षेत्रका सेवा संचालन गर्न दिने निर्णय गरेको हो । उक्त समयमा कोरोना महामारीको अवस्था हेरेर अर्को चरणको लकडाउन कस्तो प्रकारले गर्ने भन्ने निर्णय हुने बताइएको छ । यसबारे बिहीबार आधिकारिक सूचना जारी हुने एक मन्त्रीले जानकारी दिए ।
विश्व स्वास्थ्य संगठनको मापदण्डलाई पुरा गरेर यी सेवा र कार्यहरु सुचारु हुनेछनः
१) स्वास्थ्य सेवासँग सम्बन्धी सबै सेवा (निजी क्लिनिक समेत)
२) औषधि, खाद्य तथा पेय पदार्थ, तरकारी, फलफूल, दुग्धपदार्थ, अण्डा, माछा, मासु, खानेपानीको उत्पादन, बिक्रीवितरण तथा ढुवानी
३) पेटोलियम पदार्थको ढुवानी तथा बिक्री वितरण
४) फोहोर-मैला व्यवस्थापन
५) विद्युत, दमकल, एम्बूलेन्स, संचार तथा प्रसारण, हुलाक सम्बन्धी सेवा
६) बैंक तथा वित्तीय संस्था, सहकारी र बिमा सेवा
७) सबै प्रकारका कृषि तथा पशुपंक्षी पालन सम्बन्धी कार्य
८) कृषि विउबिजन, रासायनिक मल, कृषि औजार, शितभण्डार सम्बन्धी सेवा तथा कार्य
९) उत्पादनशील उद्योग
१०) निर्माण सामाग्री सम्बन्धी उद्योग व्यवसाय
११) विकास आयोजना (निजी क्षेत्रबाट प्रवद्र्धित समेत)
१२) निर्माण कार्य (निजी समेत)
१३) नदी तथा खानीजन्य पदार्थ उत्खनन्, संकलन, ढुवानी र बिक्रीवितरण
१४) रेष्टुरेन्टबाट हुने प्याकिंग तथा टेक अवे सेवा
१५) क्वारेन्टिनका लागि तोकिएका होटेल
१६( बिजुलीका सामान बिक्री र मर्मत
१७) विद्युती उपकरण, मेशिनरी तथा सवारी साधनको मर्मत गर्ने वर्कसप
१८) पुस्तक पसल तथा स्टेशनरी
१९) सबै प्रकारका ढुवानी सेवा
२०) अत्यावश्यक सेवाका सबै कार्यालय
२१) अन्य सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय, बैंक तथा वित्तीय संस्थाहरु (सामान्यतया ५० प्रतिशत कर्मचारी रहने गरी)
त्यस्तै, अहिले संचालन गर्न नपाइने सेवा तथा कार्यहरु यसप्रकार रहेका छनः
१) शैक्षिक संस्था (विद्यालय, कलेज, ट्यूसन सेन्टर, तालिम केन्द्र)
२) सपिंग मल, डिपार्टमेन्ट स्टोर (खाद्यपदार्थ बाहेक)
३) सिनेमा हल, पार्टी प्यालेस, डान्स बार र सबै प्रकारका मनोरञ्जनस्थल
४) अनुमतिप्राप्त गरेका बाहेकका आन्तरिक र अन्तराष्टिय उडान
५) तोकिए बाहेकका अन्तराष्टिय सीमाबाट हुने आवतजावत
६) सबै प्रकारका महोत्सव, जात्रा, मेला, सभा, सम्मेलन, प्रदर्शन
७) २५ जनाभन्दा बढी सहभागी हुने बैठक, गोष्ठी, सेमीनार तथा तालिम
८) सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल
९) व्यवसायिक रुपमा संचालित स्वीमिंग पुल, जिमखाना, साउना, स्टिम लगायत हेल्थ क्लब, मसाज सेन्टर, सलुन, ब्यूटी पार्लर
१०) समूहमा खेलिने खेलकूद तथा खेलमैदानमा हुने प्रस्तुती
११) पहिलो चरणमा खोलिने एक्काई सेवा तथा कार्यसँग सम्बन्धित बाहेकका सवारी साधनहरु
१२) बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म एम्बूलेन्स, दमकल, शववाहन र ढुवानी बाहेक सबैप्रकारका आवागमन ।