News of Nation

झापाको कचनकबल र बाह्रदशीमा आज १३ संक्रमित थपिए

झापा, ३० जेठ–झापामा शुक्रबार १३ जना कोरोना संक्रमित थपिएका छन् । जसमा कचनकबल गाउँपालिकाका ११ जना र बाह्रदशी गाउँपालिकाका २ जना संक्रमित रहेका छन् । थपिएका सबै भारतबाट फर्किएका हुन् । उनीहरु स्थानीय क्वारेन्टिनमा बसेका थिए ।

योसहित झापामा १ सय ६९ संक्रमित पुगेका छन् । कचनकबलमा मात्र १ सय २७ जना संक्रमित पुगेका छन् । आज पुष्टि भएका संक्रमितलाई उपचारका लागि मोरङको गोठगाउँमा रहेको कोभिड उपचार केन्द्र लाने तयारी भइरहेको जनस्वास्थ्य झापाका प्रमुख इश्वरी पौडेलले जनाकारी दिए ।

जिल्ला सबैभन्दा धेरै संक्रमित कचनकवल गाउँपालिकाका रहेका छन् । कचनकवलमा १ सय २७ , दमक १, बाह्रदशी ६, गौरीगञ्ज १२ , गौरादह ४, कमल १, अर्जुनधारा २, भद्रपुर ३ जना, झापा १, मेचीनगर २, बुद्धशान्ति ५, कनकाई ३ र हल्दिवारी २ पुगेको जनाइएको छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.