News of Nation

संविधान संशोधन विधेयक संसदबाट पारित गरेपछि देशव्यापीरुपमा खुशीयाली

शिवसताक्षीको धरमपुर, शिबगञ्ज, दुधे, दमक, विर्तामोडमा दीप प्रज्वलन

धरमपुर, ३१ जेठ–संसदले निशान छाप परिमार्जनका लागि संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित गरेपछि त्यसको समर्थनमा झापासहित देशव्यापीरुपमा खुशीयाली गर्दै दीप प्रज्वलन गरिएको छ ।

सरकारले सीमा रक्षाका लागि चालेको कदमप्रति जनस्तरबाट व्यापक समर्थन भएको छ । आज साँझ झापाको शिबसताक्षी, दमक र बिर्तामोडमा दीप प्रज्वलन गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शिवसताक्षी नगर कमिटीले शिवसताक्षीको दुधे, शिबगञ्ज र मंगलबारे बजारमा दीप प्रज्ज्वलन गरेर खुशीयाली मनाइएको छ । संविधान संसोधन प्रस्ताव पारित गरेरनेपालको लिम्प्याधुरा सम्मको भूभाग सरकारले आधिकारीक रुपमा आफ्नो नक्शामा राख्न सफल भएकोमा सरकारको कामप्रति खुसी व्यक्त गरिएको थियो ।

सरकारको यो ठूलो उपलब्धी भएको र नेपालको जमिन फिर्ता गर्नका लागि पनि छिटै कुटनीतिक पहल थाल्नु पर्ने शिवसताक्षी नगर अध्यक्ष महेन्द्र भट्टराईले बताए ।

शिबसताक्षी–२ धरमपुरस्थित मंगलबारे बजारमा आयोजित दीप प्रज्वलन कार्यक्रममा वडा कमिटि अध्यक्ष भीम नेम्बाङका अनुसार नेकपा नगर कार्यालय सदस्य तथा युवा नेता प्रेम याम्फु राई, नगर सचिवालय सदस्य तथा वडा नं २ का इन्र्चाच दिपेश राई, नगर कमिटि सदस्य तथा युवा नेता भूवन राई, नगर सदस्य राजु दर्नाल, नगर सदस्य प्रेम राई, पदमप्रसाद चिमोरिया लगायत दर्जनौ संख्यामा पार्टी सदस्य तथा स्थानीवासीको उपस्थिति थियो ।

यता, दीप प्रज्वलन गर्नुअघि नेकपा बिर्तामोड नगर कमिटीका अध्यक्ष ज्ञानुराम प्रसाई लगायतले नेपाली भूमि फिर्ताका लागि सरकारले थालेको प्रयास प्रशंसनीय रहेको बताउँदै युवा र आम नेपाली एकताबद्ध हुन आग्रह गरे।

र्राष्ट्रिय युवा संघले आयोजना गरेको कार्यक्रममा सहभागीहरुले भारतीय हस्तक्षेपविरुद्ध नारावाजी गरेका थिए । उनीहरुले जनताको सरकार जिन्दावाद भन्दै ‘सरकार तिम्रो कर्मले, छाती फुल्छ गर्वले’ लगायतका नारा पनि लगाएका थिए ।

राष्ट्रिय युवा संघ नेपालका बिर्तामोड अध्यक्ष पारस संग्रौलाले राजनीतिक आस्था भन्दा माथी उठेर एकताबद्ध भएर एकता प्रदर्शन भएको छ अबपछि नहट्न आग्रह गरे ।कार्यक्रममा विभिन्न पार्टीका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।

प्रतिनिधिसभाबाट आज शनिबार संविधान दोस्रो संशोधन विधेयक २०७७ सर्वसम्मत रुपमा पारित भएको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा पनि दिप प्रज्वलन् गरी खुसियाली मनाइएको छ ।

गणतन्त्र चौकमा दमक नगरपालिकाका प्रदेश १ का सांसद अजुर्न राई लगायतका जनप्रतिनिधि , राजनितिक दलका प्रतिनिधि र स्थानिय नगरबासीहरुको उपस्थितिमा दिप प्रज्वलन् गरी खुसियाली साटासाट गरिएको हो ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.