News of Nation

नवराजसहित ६ जनालाई नै हत्या गरेर भेरीमा फालेको निष्कर्ष, ३४ जनाविरुद्ध मुद्दा

आजीवन काराबासको माग

जाजरकोट, ३२ जेठ–रुकुम पश्चिमको चौरजहारी हत्याकाण्डको अनुसन्धान कहाँ पुगिरहेको होला भन्ने नागरिकमा चासो बढिरहेका बेला आज (आइतबार) २४ जनाविरुद्ध जिल्ला अदालत रुकुममा मुद्दा दर्ता भएको छ ।

आइतरबार सरकारी वकिल कार्यालयले २९ जनालाई प्रतिवादी बनाउँदै अदालतमा मुद्दा दर्ता गरेको हो । ३४ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय छुवाछुतलगायत मुद्दा लगाइएको जनाइएको छ । मुद्दा दर्ता गरिएकामध्ये दुई जना बालबालिका छन् भने एक जनालाई मतियारको रुपमा राखिएको छ । बाँकी ३१ जनाविरुद्ध ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान र जातीय विभेद तथा छुवाछुत कसुरमा मुद्दा दर्ता गरेको छ।

मुद्दा दर्ता गराइएका ३४ जनामध्ये ५ जना फरार रहेका छन् भने बाँकी सबै पक्राउ परेका छन् । सो मुद्दामा युवती, उनका बुबा आमा, वडाध्यक्षसहित चौरजहारीका २९ जनालाई प्रतिवादी बनाइएको छ ।

प्रहरीले मृतक ६ जनालाई नै गाउँलेले कुटेर बेहोस् अवस्थामा खोलामा फालेको निष्कर्ष निकालेको समाचार स्रोतले जानकारी दिएको छ । ‘पोष्टमार्टमको रिपोर्ट र अन्य अनुसन्धानले बेहोस बनाएर फालेको हाम्रो ठहर हो’, स्रोत भन्छ ।

जेठ १० गते जाजरकोटको भेरी नगरपालिकाका नवराज विक ठकुरी परिवारकी प्रेमिका लिन १८ जना चौरजहारी पुगेका थिए । घटनामा परी भेरी नगरपालिका ११ का गोविन्द शाही, जाजरकोटको भेरी नगरपालिका ४ रानागाउँका नवराज विक, चौरजहारी नगरपालिका १ का टीकाराम सुनार, भेरी नगरपालिका ४ का गणेश बुढा, लोकेन्द्र सुनार र सञ्जीव विकको शव भेरी नदीमा भेटिएको थियो ।

घटना १० जेठमा घटे पनि १३ जेठमा पीडितले २० जनाविरुद्ध किटानी जाहेरी दिएपछि मात्रै प्रहरीले वडाध्यक्षसहित १२ जनालाई हिरासतमा लिएको थियो । अहिलेसम्म यो घटनामा २९ जना पक्राउ परेका छन् ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.