News of Nation

नेपालको संविधान संशोधन राष्ट्रपतिद्वारा प्रमाणीकरण

निशान छापमा समेटिए भारतले मिचेका भूभाग

काठमाडौं, ४ असार–राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान दोस्रो संसोधन विधेयक प्रमाणीकरण गरेकी छन। केही दिन अघि प्रतिनिधिसभा र आज राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको विधेयक आज राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेकी हुन।

राष्ट्रपति भण्डारीले नेपालको संविधान दोस्रो संसोधन विधेयक २०७७ संविधानको धारा २७४ को उपधारा १० बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्ती जारी गरी जानकारी दिएका छन। संविधान शंसोधनका लागि संसदको दुई तिहाई बहुमत आवश्यक पर्ने हुँदा सोही अनुसार संसदको तल्लो र माथिल्लो दुवै सदनबाट पारित भएपछि प्रमाणीकरणको लागि राष्ट्रपति कहाँ पठाइएको थियो।

नेपाल सरकारले आफ्नो अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरेसँगै त्यसलाई निशान छापमा संसोधन गर्नको लागि संविधानको अनुसूची ३ संशोधन गरिएको हो। आज राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै यस अघिको नेपालको निशान छाप परिवर्तन भएर नयाँ लागू भएको छ। सरकारले जारी गरेको नयाँ नक्साले पनि अब संवैधानिक मान्यता पाएको छ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.