News of Nation

दिनदिनै बढ्दै कोरोना संक्रमित, तर दैनिक १० हजारको परीक्षण गफमै सीमित

काठमाडौं, १७ असार–कोरोना भाइरस (कोभिड-१९) को संक्रमित बढ्दै गएको बेला सरकारले आजबाट दैनिक १० हजार जना शंकास्पद बिरामीको नमुना परीक्षण गर्ने बताएको थियो। केही दिनअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको एक कार्यक्रममा मन्त्री भानुभक्त ढकालले १५ असार देखि दैनिक १० हजार बढीको पीसीआर विधिबाट कोरोना जाँच हुने बताएका थिए।

पछिल्लो केही दिन यताको परीक्षण संख्यामा भने कमी आएको छ। असार ७ गते ६००८ जनामा पिसिआर परिक्षण भएको मा ४२१ जनामा कोरोना पोजेटिभ देखिएको थियो। असार ८ गते ६१९८ जनामा पिसिआर परिक्षण भएकोमा असार ९ गते ४९९५ जनामा पिसिआर भएको थियो भने,असार १० गते ६८२८ जनामा पिसिआर परीक्षण भएको थियो।

यस्तै असार ११ ६५४३ जनामा, असार १२ गते ६५३४, असार १३ गते ४६०६ जनामा र असार १४ गते ४९६२ को पीसीआर नमुना परीक्षण गरिएको छ। यस्तै हिजो ९१५ गते० वटा प्रयोगशालामा ७ हजार ७९१ को पीसीआर नमुना परीक्षण गरिएको छ। सरकारले असार १५ बाट दैनिक १० हजारको पिसिआर परीक्षण गर्ने भने पनि केही दिनयता झन् दैनिक परीक्षण संख्या घटेको छ। हिजो मात्रै सात हजारको परीक्षण भएको थियो तर स्वास्थ्य मन्त्रालयले यसअघि भने जस्तै संख्यामा परीक्षण भने भएको छैन। सरकारले अहिलेकै अवस्थामा दैनिक १० हजार परीक्षण गर्न नसक्ने विज्ञहरुले बताउँछन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा। बाबुराम मरासिनीले हाल भएका पिसिआर परीक्षण गर्ने प्रयोगशालाले दैनिक १० हजार परिक्षण गर्न नसक्ने हुँदा अझै प्रयोगशाला बढाउनु पर्ने बताउँछन्। अहिले संक्रमण समुदायमा फैलिएर महामारिको रुप लिन सक्ने सारै जोखिम भएको छ। संक्रमितको संख्या बढेको समयदेखि पिसिआर परीक्षण बढाउन सकेको भए समयमै नियन्त्रण गर्न सकिने भए पनि हाल सरकारले भने जस्तो दैनिक १० हजार परिक्षण गर्न अहिले पिसिआर परिक्षण हुदै आएको प्रयोगशालाले नसक्ने उनले बताए। उनले भने, ‘सरकारले भने जस्तै दैनिक १० हजार परीक्षण गर्न त अझै प्रयोगशालाको स्थापना हुनु पर्छ।’ ‘क्वारेन्टाइनबाट मानिस निस्केपछि सरकारले बल्ल परीक्षणको दायरा बढाउँदैछ अहिले त क्वारेन्टाइनबाट समुदायमा गएका मानिसमा संक्रमण भए त्यस्तो संक्रमण समुदायमा फैलिइसकेको हुन सक्छु, मरासिनीले भने, ‘त्यसैले अहिले एकदम जोखिम छ।’

क्वारेन्टाइनमा रहेका सबै व्यक्तिलाई पिसिआर परीक्षण नगर्ने सरकारको नीतिले अधिकांश मानिस बिना पिसिआर घर फर्किएका छन्। सरकारले बनाएको निर्देशिकाले लक्षण देखिएका व्यक्तिलाई मात्र परीक्षण गर्नु भन्छ। डा.मरासिनी हाल भइरहेको पिसिआरको दायरा निकै कम भएको भन्दै दैनिक कम्तीमा १५ हजार जनाको परीक्षण हुनुपर्ने बताउँछन्। उनका अनुसार नेपालमा बढिरहेको संक्रमितको संख्या र जोखिमका अनुसार प्रयोगशाला १ सय पुयाउनुपर्ने उनले बताए।

सरकारले परीक्षणको दायरा नबढाएर कोरोनाले राष्ट्रव्यापी महामारी निम्त्याउने जोखिम बढेको उनी बताउँछन्। हाल देशभर २३ अस्पतालमा आरटी पिसिआर विधिबाट स्वाब परीक्षण प्रयोगशाला सञ्चालन भइरहेका छ।

ल्याब थप्छौँ –मन्त्री ढकाल

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले दैनिक १० हजार पिसिआर परीक्षण गर्ने गरी ल्याबहरुको विस्तार गर्न लागेको जानकारी दिएका छन्। अहिले देशभर २२ वटा पिसिआर ल्याबबाट दैनिक ७ हजार ७ सय ९१ परीक्षण सम्भव भएको बताए। अबको केही दिनभित्र देशभर ३३ वटा ल्याब पुर्‍याई दैनिक १० हजार परीक्षण गर्ने तयारी गरिएको उनले बताएका छन्।

Facebook Comments

Leave A Reply

Your email address will not be published.