News of Nation

नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार नाघ्यो

काठमाडौं, १७ असार–नेपालमा पछिल्लो २४ घण्टामा थप ४८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार कोरोना जित्नेको संख्या चार हजार ६ सय ५६ पुगेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या भने २९ छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म क्वारेन्टाइनमा ४८ हजार तीन सय ६२ जना रहेका छन् । आइसोलेसनमा भने ९ हजार तीन सय ६० जनाको उपचार भइराखेको छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.