News of Nation

प्रदेश १ मा ११ जना कोरोना संक्रमित थपिए

विराटनगर, १८ असार–प्रदेश १ मा बिहीबार ११ जना कोरोना संक्रमित थपिएका छन् । ४ महिला र ७ पुरुषमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगर र धरानका प्रयोगशालामा गरिएको परीक्षणमा १० र टेकुमा गरिएको परीक्षणमा १ जनामा कोरोना रिपोर्ट पोजेटिभ आएको छ । मोरङमा ६, सुनसरीमा ३, खोटाङ र झापामा १–१ जनामा संक्रमण देखिएको छ । मोरङको उर्लाबारीमा ४ महिला र २ पुरुष, सुनसरीको इटहरीमा ३ पुरुष, खोटाङको दिक्तेल र झापाको शिवसताक्षीमा १ पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय १५ जना पुगेका छन् । प्रदेश १ बाट ४ सय डिस्चार्ज भएका छन् । संक्रमण देखिएकाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको व्यवस्थापनको काम भईरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.