News of Nation

सानिमा बैंक र आईएमएस ग्रुपबीच ग्राहकलाई छुट दिने सम्झौता

काठमाडौं, १८ असार–सानिमा बैंक र आईएमएस ग्रुपबीच बैंकका ग्राहकहरुलाई विभिन्न सामान खरिद गर्दा छुट दिने सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकहरुले आईएमएस ग्रुपको काठमाडौं कमलपोखरीस्थित सिटी सेन्टर र दरबारमार्गस्थित वन दरबार मलमा रहेको आईएमएस लिटल स्माइल्स स्टोरबाट डेबिट क्रेडिट कार्ड प्रयोग गरी ड्रोन, गिम्बल, ह्युमिडिफायर, पावर बैंक, बेबि प्रोटक्टस् आदि खरिद गर्दा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

साथै क्रेडिट कार्ड प्रयोगकर्तालाई १८ महिनासम्मको मासिक किस्ताबन्दी (ईएमआई) सेवा पनि उपलब्ध रहेको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट डिजिटल बैंकिङ विभागका प्रमुख विक्रम श्रेष्ठ र आईएमएस ग्रुपका तर्फबाट ग्रुपका अध्यक्ष तथा निर्देशक डिकेस मल्होत्राले हस्ताक्षर गरे ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.