News of Nation

फ्रान्सका प्रधानमन्त्रीसहित मन्त्रिमण्डलद्वारा राजीनामा

पेरिस, १९ असार–फ्रान्समा प्रधानमन्त्री इडवार्ड फिलिप र उनको मन्त्रिमण्डलले राजीनामा दिएको छ । उनको राजीनामा राष्ट्रपति इम्यानुअ म्याक्रोनले स्वीकृत गरिसकेको इलिसी प्यालेसले जनाएको छ ।

शुक्रबार राजीनामा स्वीकृत गरिएको जनाकारी गराइएको छोटो विज्ञप्तिमा राजीनामाको कारणबारे खुलाइएको छैन । राष्ट्रपति म्याक्रोनले आफ्नो दुई वर्षदेखि नयाँ तरिकाले अघि बढ्ने प्रतिबद्धता गरेसँग क्याबिनेट पुनर्गठन हुनसक्ने अपेक्षा गरिएको थियो ।

राष्ट्रपति कार्यालयले नयाँ सरकार नबनेसम्म नियमित कामहरु भने जारी रहने जानकारी गराएको छ । तर, केही समयपछि जारी गरिएको अर्को विज्ञप्तिमा केही घण्टामै नयाँ प्रधानमन्त्री नियुक्त गरिने बताइएको छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.