News of Nation

दमकमा अनिता राई मृत्यु प्रकारणः महिला अधिकारकर्मीद्धारा दमक प्रहरीलाई ध्यानाकर्षण

दमक, १९ असार–मेची महाकाली वुहारी संयुक्त आवाजको एक टोलीले आज शुक्रबार झापाको दमकस्थित इलाका प्रहरी कार्यालयमा पुगेर अनिता राई मृत्यु प्रकरण सम्बन्धी छानबिन र पीडित परिवारलाई उचित न्यायको माग गर्दै ज्ञापन–पत्र बुझाएको छ । इलाम चुलाचुली गाउँपालिकाकी राई दमक-८ मा डेरा बस्दै आइरहेका थिईन् । सोही घरको एक कोठामा असार ८ गते उनलाई स्थानीयले झुण्डिएको अवस्थामा मृत फेला पारेका थिए ।

घट्ना घटेको दश दिन बित्न लाग्दासमेत प्रहरी प्रशासनले अनुसन्धानतर्फ चासो नदेखाएको भन्दै मेची महाकाली वुहारी संयुक्त आवाजले प्रहरी प्रशासनको ध्यानाकर्षण गराएको दमककी महिला अधिकारकर्मी एबम् युवा व्यवसायी जमुना निरौला अधिकारीले जानकारी गराईन् । मेची महाकाली वुहारी संयुक्त आवाजकी सल्लाहकार समेत रहनुभएका अधिकारीले अनिता राई मृत्यु प्रकरणमा दमक प्रहरीको अनुसन्धान ढिलाई भएको र पिडीत परिवारलाई उचित न्याय दिलाई दिन मागसहितको ज्ञापनपत्र बुझाइएको बताइन् ।

संस्थाकी अध्यक्ष यमु शर्मा सुव्वा र सचिव कविता थापाद्धारा हस्ताक्षारित ज्ञापन पत्रमा घटना भएको यतिका दिन वितेपनि हालसम्म सत्यतथ्य वाहिर नआएकाले संस्थाले प्रशासनको ध्यानाकर्षण गराएको हो ।

यसैगरि, सोहि घटनालाई लिएर संस्थाकी केन्द्रीय उपाध्यक्ष चन्द्रा काफ्ले नेतृत्वको टोलीले पनि जिल्ला प्रशासन कार्यालय झापामा पुगेर समेत घटनाको निष्पक्ष छानवीन तथा दोषी माथि हदैसम्मको सजाय दिनु पर्ने माग गरिएको जनाईएको छ ।

गत असार ८ गते इलाम,चुलाचुली घर भएकी राई आफनै डेरामा शंकास्पद अवस्थामा मृत फेला परेकी थिइन् । पीडित परिवारको जाहेरी पछि घटनामा संलग्न भएको आशंकामा उनका श्रीमानसहित दुई जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । तर अनुसन्धानका क्रममा समातिएका वारेमा थप विवरण प्रहरीले सार्वजनिक गरेको छैन् । मृतकको शव परीक्षणको रिपोर्ट आए पनि बाहिर ल्याईएको छैन् ।

चार वर्ष अघि प्रेमविवाह भएका ती महिला र उनका श्रीमानवीच पछिल्ला समय सम्बन्धविच्छेदको अवस्थामा पुगेका थिए । घरायसी झगडा हुदैआएको वखत श्रीमती एक्कासी मृत भेटिएपछि पीडितका परिवारले कुटपीटबाट नै मृतकलाई हत्या गरिएको हुन सक्ने जिकीर गरिआएका छन् ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.