News of Nation

जर्मनीका स्टार खेलाडी साने बायर्न म्युनिखमा

एजेन्सी, २० असार–जर्मनीका स्टार खेलाडी लेरोय साने प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीबाट जर्मन क्लब बायर्न म्युनिखमा गएका छन् । २६ वर्षका साने सिटीबाट बायर्नमा ५४ दशमलव ८ मिलियनमा बायर्नले अनुबन्धन गरेको हो । उनले बायर्नमा पाँच वर्षको सम्झौता गरेका छन् । उनले जुन, २०२५ सम्मका लागि सम्झौता गरेका हुन् ।

सानेले बिहीबार बिहान मेडिकल चेक पास गरेका छन् । “बायर्न उत्कृष्ट क्लब हो । यसको क्षमता पनि धेरै ठूलो छ । म नयाँ चुनौती सामाना गर्न यहाँ आएको छु । आफूले सकेसम्म क्लबका लागि उत्कृष्ट प्रदर्शन गर्ने प्रयास गर्नेछु,” सानेले भने ।

साने सन् २०१६ मा साल्केबाट म्यानचेस्टर युनाइटेडमा गएका थिए । उनले युनाइटेडका लागि ९० खेलमा २५ गोल गर्न सफल भएका छन् ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.