News of Nation

टाटाका नयाँ तीनवटा विंगर एम्बुलेन्स

काठमाडौं, २० असार–टाटा मोटर्सले विंगर एम्बुलेन्स नेपाली बजारमा ल्याएको छ । टाटाको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सो एम्बुलेन्स उपलब्ध गराएको हो ।

टाटा विंगर एम्बुलेन्स पूर्ण रूपमा एआईएस १२५ र नेपाल सरकार स्वास्थ्य र जनसंख्या मन्त्रालयको मान्यता अनुरुप बनेको छ । एमबुलेन्सले बिरामीको सुरक्षा र सुविधाका लागि उच्च मापदण्ड पनि पूरा गरेको कम्पनीको दाबी छ ।

विंगर एम्बुलेन्स बिरामीको सुरक्षाका लागि उत्तम सहयोगीका रूपमा डिजाइन गरिएको छ । यो तीन भिन्न वर्गहरूमा उपलब्ध छ । क्याटगोरी–सी (कमन लाइफ सपोर्ट), क्याटगोरी–बी (बेसिक लाइफ सपोर्ट) र क्याटगोरी–ए (एड्भान्स लाइफ सपोर्ट) ।

क्याटगोरी–सीमा दुई एसी र बेडसहित यसमा सहयोगीका लागि बस्ने ठाउँ पर्याप्त छ ।

क्याटगोरी–बीमा सीमा भएको सुविधा बाहेक ईसीजी मोनिटर, अक्सिजन मोनिटर, सीआरपी बोर्ड, क्याथेटराइजेसन सेट, स्प्लिन्टहरू, ओबी किट, नेबुलाइजर सेट र अन्य धेरै सुविधा छन् ।
क्याटगोरी–एमा भेन्टिलेटर, एईडी, चेस्ट ड्रेनेज ट्युब, हेमोस्टिक सेटजस्ता अन्य सुविधाहरु पनि उपलब्ध छन् ।

टाटा विंगर एम्बुलेन्सअन्तर्गत क्याटगोरी ए र बिमा ३ हजार ४८८ मिलिमिटर ह्यविलबेस, बीएस आईभी प्लाटफर्ममा आधारित स्वचालित स्ट्रेचर र बिरामीका लागि ड्राइभर क्याबिनबाट छुट्टै आइसोलेटेल कम्पार्टमेन्ट छ जसमा बिरामी हेरचाह गर्न चाहिने पर्याप्त ठाउँ सुनिश्चित गरिएको छ ।

यस २/२ लिटर डकोर इन्जिनसँग फ्ल्याट टर्क कर्भ जडान गरिएको छ जसले एक समान गति प्रदान गर्दछ । र बारम्बार सिफ्ट डाउनको आवश्यकतालाई बेवास्ता गर्दै, इन्धन दक्षता बढाउँछ ।

३ वर्ष वा ३ लाख किलोमिटरको वारेन्टी प्रदान गर्ने टाटा विंगर एम्बुलेन्स अरुभन्दा भरपर्दो र विश्वासिलो रहेको टाटाको दाबी छ । टाटाको अन्य सवारीजस्तै यो विंगर पनि सिप्रदी ट्रेडिंगको ३२ वटै बिक्रेता टचपोइन्ट्समा उपलब्ध हुने कम्पनीले जारी गरेके विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.