News of Nation

कतारबाट आएका युवासहित थप दुईजना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, २० असार–कतारबाट आएको गोरखा पालुङटारका एक युवासहित दुईजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले दिएको जानकारीअनुसार गोरखा पालुङटारका युवा असार १७ गते कतारबाट आएका थिए । उनी मधुमेहका बिरामी पनि थिए । असार १९ गते अस्पताल भर्ना भएका उनको आज बिहानै मृत्यु भएको थियो ।

त्यसैगरी असार १७ गते काठमाडौंको शिक्षण अस्पतालमा उपचारका क्रममा रहेका एक व्यक्तिको कोरोनाकै कारण मृत्यु भएको छ ।

उनी रुपन्देहीको देवदह नगरपालिकाका व्यक्ति भएको प्रवक्ता गौतमले जानकारी दिए । उनको मृत्यु भएको भोलिपल्ट बिहीबार मात्रै कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.