News of Nation

जोनेसले गरे लिभरपुलसँग नयाँ सम्झौता

एजेन्सी, २१ असार–प्रिमियर लिग च्याम्पियन क्लब लिभरपुलका युवा खेलडी कुर्टिस जोनेसले क्लबसँग लामो समयसम्मका लागि नयाँ सम्झौता गरेका छन् । १९ वर्षीय खेलाडी जोनेसले सन् २०२४ सम्मका लागि नयाँ सम्झैता गरेका हुन् ।

जोनेस हाल लिभरपुलका लागि उत्कृष्ट खेलाडी हुने अनुमान गरिएको छ । जोनेसले सन् २०१९ बाट लिभरपुलको सिनियर टोलीमा खेल्न थालेका हुन् । उनलले लिभरपुलका लागि दुई लिग खेलका छन् ।

‘मेरा लागि लिभरपुमा लामो समयसम्म रहन पाउनु धेरै खुसीको कुरा हो । लिभरपुल मेरो लागि पहिलो क्लब हो । मसँग लिभरपुलका स्टाफ र लिभरपुलका सम्पूर्ण खेलाडीहरु नजिक छन् । उनीहरुको सम्बन्ध र लिभरपुमा आफ्नो उज्वल भविष्य देखेर लामो समयका लागि सम्झौता गरेको हुँ,’ जोनेसले लिभरपुलको अफिसियल साइटमा भने ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.