News of Nation

दमकमा थप दुई जनामा संक्रमण पुष्टि

दमक, २१ असार–जिल्लामा आज थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै झापामा संक्रमितको कुल संख्या २८५ पुगेको छ ।

संक्रमण पुष्टि हुनेमा दमक नगरपालिका वडा नं ४ र ५ का दुई जना पुरुष रहेको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए । उनीहरुको कोशी प्रादेशिक अस्पताल विराटनगरबाट प्राप्त नतिजामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।केही दिन अगाडी बहराईन र कुवेतबाट आएका उनीहरु स्थानीय क्वारेन्टाइनमा बसेको चम्लागाईले वताए ।

हालसम्म झापाको भद्रपुरमा ६, मेचीनगर ४१, बिर्तामोड ३, कनकाई ११, अर्जुनधारा १३, दमक ८, गौरादह ११, शिवसताक्षी ३, बुद्धशान्ति १६, हल्दिवारी ११, कचनकवल १३३, कमल १, गौरीगञ्ज १८, बाह्रदशी ८ र झापामा २ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्ये १९७ जना निको भएर घर फर्किएका छन् । प्रदेश १ मा संक्रमितको संख्या ६९४ पुगेको छ भने ४८९ जना उपचार पछि डिस्चार्ज भइसकेका छन् ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.