News of Nation

राखेपको कार्यवाहक सदस्य-सचिवमा भक्तबहादुर ढकाल

काठमाडौं, २२ असार–राष्ट्रिय खेलकुद परिष्द (राखेप) को कार्यबाहक सदस्य सचिवमा भक्त बहादुर ढकालले नियुक्त भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले ढकाललाई सोमबार कार्यबाहक सदस्य सचिवमा नियुक्त गरेको हो ।

नयाँ बनेको ऐन अनुसार राखेपको सदस्य सचिव बन्नको लागि स्नातक उत्तीर्ण गरी खेलकुद क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव भएको र ३० वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्ने गरी योग्यता तोकिएको छ ।

ऐनको दफा १७ को उपदफा १२ मा कुनै कारणले सदस्यसचिवको पद रिक्त भएमा वा कुनै कारणले निलम्बन भएमा अर्को सदस्यसचिव नियुक्ति वा निजको निलम्बन फुकुवा नभएसम्मको लागि मन्त्रालयले संघीय निजामती सेवाको राजपत्रांकित प्रथम श्रेणीको कर्मचारी वा परिषद्को वरिष्ठतम कर्मचारीलाइ सदस्यसचिवको रुपमा कामकाज गर्ने गरि तोक्ने व्यवस्था गरिएको छ ।

उक्त व्यवास्था अनुसार ढकाल शिक्षा मन्त्रालयका सह सचिव हुन् । ढकाल शिक्षा मन्त्रालयका सह सचिव हुन् । उनले अब राखेपमा नयाँ सदस्यसचिवको नियुक्ती नहुँदा सम्म कार्यवाहकको रुपमा जिम्मेबारी सम्हाल्नेछन् ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.